चोरमारा । जलवायु परिवर्तनको असर न्यूनीकरणमा युवाहरूको भूमिकामहत्वपुर्ण हुने मध्यविन्दुको युवाहरूको भनाइ रहेको छ ।
मध्यविन्दु नगरपालिकामा सञ्चालित दुई दिने जलवायु र सामाजिक अभियानका लागी युवा र युवा नागरिक समाजको सशक्तीकरण कार्यक्रममा उपस्थित युवाहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणमा युवाहरूको भूमिका महत्वपुण हुने बताएका हुन । जागृति बाल तथा युवा सरोकार नेपालले ब्रीटिश काउन्सिल नेपालको सहयोगमा कार्यmक्रम सञ्चालन भएको थियो । कार्यक्रम मध्यविन्दु नगर युवा सञ्जाल अध्यक्ष प्रकाश रेग्मीको अध्यक्षता र नगर प्रमुख भिमलाल अधिकारीको प्रमुख आथित्यतामा भएको थियो । कार्यक्रमममा कार्यक्रमले युवाहरूको नगरले निर्माण गर्ने नीति निर्माणमा सहभागिता बढाउने, जलवायु उत्थानशीलतालाई सशक्त बनाउने, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सुनिश्चित गर्ने लगायतका विषयमा छलफल गरिएको थियो ।
मध्यविन्दु नगरपालिकामा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ मा युवाहरूको क्षेत्र थप गर्नका लागी सम्शोधन गर्न सल्लाकार समिति गठन गरिएको छ । जसमा नगर युवा सञ्जाल अध्यक्ष प्रकाश रेग्मीको संयोजनमा ९ समिति गठन गरिएको छ ।