फोनिज नवलपुरकोे अध्यक्षमा थकाली

फोनिज नवलपुरकोे अध्यक्षमा थकाली

कावासोती ।  आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) नवलपुरको चौथो जिल्ला अधिवेशनले राजन थकालीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
आज कावासोतीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा पुजा गुरुग , सचिवमा यामु कुमाल , सह सचिवमा उमा बोटे , कोषाध्यक्षमा चन्द्रा महतोलाई चयन गरेको छ भने सदस्यहरुमा रिनु पाटा , प्रेम आले , दिल कुमार आले र सीता खण्डलुक चयन हुनुभएको छ ।
आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) नवलपुरको चौथो जिल्ला अधिवेशनको उद्घाटन सत्र कावासोती तीन स्थत नेपाल पत्रकार महासंघको भवनमा आयोजना गरिएको थियो ।
पाmेनिज केन्द्रीय सदस्य कमला राना मगरको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा फोनिजका निर्बतमान अध्यक्ष चन्दा गुरुगको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कमला रानाले फोनिजमा आबद्ध रहेका पत्रकारहरुको संख्या धेरै रहेको तर कृयाशिलतामा कमि देखिने गरेको बताउनुभयो । उहाँले फोनिजमा आबद्ध रहेका सबै पत्रकारहरुले आदिवासी जनजातिका मुद्धा संगै सबै वर्गको मुद्धाहरु उठाएर संचारकर्म गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष राम कुमार श्रेष्ठ , फोनिज नवलपरासीका संस्थापक अध्यक्ष केबि राना , नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देल , प्रेस चौतारी नवलपुरका अध्यक्ष शालिकराम कोइराला प्रेस युनियन नवलपुरका अध्यक्ष खगराज सापकोटा , डब्लु डब्लु जे नवलपुरकी अध्यक्ष ज्ञानु पंगेनी लगायतले बोल्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो भने । फोजिनमा आबद्ध रहेका सबै साथीहरुसं सहकार्य गर्दै कलम चलाउने र पत्रकारका क्षमता विकास र पत्रकारका विभिन्न समस्याहरुको समाधानमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस