कावासोती । नवलपुरको कावासोतीमा परम्परागत रूपमा रहेका अनेकौँ जातजाति, धार्मिक एवम् सांस्कृतिक परम्परासँग सम्बन्धित कृषि खाद्य वस्तु तथा बीउबीजनको प्रदर्शनी गरी तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइएको छ ।
‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस साताव्यापी मनाउने क्रममा सोमबार अन्तिम दिन कावासोतीमा मनाइएको हो ।
यो दिवसले नेपालमा परम्परागत रूपमा रहेका अनेकौँ जातजाति, धार्मिक एवम् सांस्कृतिक परम्परासँग सम्बन्धित कृषि र खानाका परिकार तथा सम्बद्ध सीपको जगेर्ना गर्न मद्दत पु¥याउनुका साथै स्थानीय कृषि आनुवंशिक स्रोतहरूको संरक्षण एवम् दिगो उपयोग, वातावरण संरक्षणमा टेवा पु¥याउने अपेक्षा सहित देशैभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
कावासोती १५ गोडारमा नवलपुर पर्यटन समितिको आयोजना तथा कावासोती नगरपालिकाको समन्वयमा कार्यक्रम भएको हो ।
कावासोती १५ मा आयोजना गरिएको प्रदर्शनीमा कावासोती तथा देवचुलीबाट समेत कृषकहरूले विभिन्न रैथाने कृषि बाली तथा रैथाने पशुपक्षी समेतको प्रदर्शन गरेका थिए ।
रैथाने बीउ संरक्षण गर्दै आएको बीउ बैकबाट विभिन्न थरिका बीउको प्रर्दशनी गरिएको थियो भने स्थानीय वन जङ्गलमा उत्पादन भएका जडीबुटीहरू मला , डुम्री , बयर, अबारो तथा पिँडालु, तरुल , साग मुला , कर्कलो , च्याउ लगायतका कृषि बाली प्रदर्शनमा राखिएको थियो भने , मह , लोल कुखुरा हाँस लगायतका पशुपंक्षि समेत प्रदर्शनमा राखिएको थियो । यस्तै थारु समुदायको खाद्य परिकार घोगी , चिच्चर , माछाका परिकारबाट पाहुनालाई स्वागत गरिएको थियो ।
कार्यक्रमको कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसालले उद्घाटन गर्नुभएको हो । उद्घाटनमा बोल्दै उहाँले मानव जाति अन्न बिना बाच्न नसक्ने भएको हुँदा उत्पादन गरेका अन्नबालीहरू स्वास्थ्यकर हुनुपर्ने बताउनुभयो । हाइब्रिड खाद्य सामग्रीको उत्पादन बढ्दो क्रममा रहेको अहिलेको समयमा यसरी कृषि जैविक विविधताका बारेमा जानकारी दिन आयोजना गरिएको रैथाने खाद्य सामग्रीको प्रदर्शनले निकै महत्त्व राख्ने बताउँदै कृषि जैविक विविधताको संरक्षण र सम्र्बद्धनमा
पालिकाले हातेमालो गर्दै अघि बढेको बताउनुभयो ।
नवलपुर पर्यटन समितिका अध्यक्ष फंसराम महतोले कृषि जैविक विविधता पर्यटनसँग समेत जोडिएको हुँदा आफूहरूले यो कार्यक्रम गरेको बताउनुभयो । रैथाने खाद्य बालीप्रति पर्यटकहरू आकर्षित हुने र रैथाने तथा स्थानीय खाद्य सामग्रीको प्रयोगले स्वास्थ्यका लागि समेत लाभदायक रहने भएको हुँदा यसबारेमा प्रचारप्रसार गर्दै पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउनका लागि कार्यक्रमको आयोजना गरेको अध्यक्ष महतोले बताउनुभयो ।
कार्यक्रममा कृषि जैविक विविधताको बारेमा नवलपुर आदिवासी थारु संघ्रालयका अध्यक्ष इनर प्रसाद महतोले प्रस्ट पार्नुभएको थियो ।
कार्यक्रममा कावासोती १५ का वडा अध्यक्ष तेज कुमार श्रेष्ठ , कृषि ज्ञान केन्द्र प्रमुख कुल प्रसाद तिवारी , कावासोती कृषि शाखा प्रमुख शिव नारायण कुमाल , सुदन गौतम , लगायतको आतिथ्यता रहेको थियो ।