बाल कल्याण आधारभूत विद्यालयमा एक लाख रुपैयाँको अक्षय कोष स्थापना

बाल कल्याण आधारभूत विद्यालयमा एक लाख रुपैयाँको अक्षय कोष स्थापना

कावासोती ।  कावासोती १४ मा रहेको बाल कल्याण आधारभूत विद्यालयमा एक लाख रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरिएको छ ।
रेसम फिरिरि नेपालको सहयोगमा आज एक कार्यक्रमका बिच अक्षय कोष स्थापना तथा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्दि«का महतोको अध्यक्षता तथा रेसम फिरिरि नेपालका अध्यक्ष दिपक पगेनीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।कार्यक्रममा रेसम फिरिरि नेपालका केन्द्रीय सल्लाहकार सोभियत ढकाल , समाजसेवी एवम् पुर्र्व प्रधानाध्यापक चिन्तामणि चौधरी , अभिभावक सङ्घका केन्द्रीय सदस्य पतिराम थनैत , टोल सुधार समितिका अध्यक्ष कृष्ण थनैत , विद्यालयका प्रधानाध्यापक रुपा देवी महतो , अभिभावक तथा विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयका १ सय २१ जना विद्यार्थी हरू लाई न्यानो कपडा (ट्याक सुट ) समेत वितरण गरेको छ । कक्षा नर्सरी देखि ५ सम्मका विद्यार्थीहरूलाई ट्याक सुट वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै रेसम फिरिरि नेपालका अध्यक्ष दिपक पगेनीले संस्थाले जिल्लाका विभिन्न विद्यालयहरूमा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण तथा अक्षयकोष स्थापना गर्ने कार्य गर्दै आएको बताउनुभयो । उहाँले पिछडिएको तथा विपन्न समुदायलाई लक्षित गरी संस्थाले विद्यालय लक्षित कार्यक्रमलाई संस्थाले प्राथमिकता दिँदै काम गरिरहेको बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस