मघ २५ देखि कावासोतीको डण्डामा आठौं नवलपुर महोत्सव हुँदै

मघ २५ देखि कावासोतीको डण्डामा आठौं नवलपुर महोत्सव हुँदै

कावासोती । यही माघ २५ गतदेखि आठौं नवलपुर महोत्सव २०८१ सुरु हुने भएको छ । कावासोती नगरपालिका –१६ ,डण्डा स्थित अंकुर वनको कार्यालय परिसरमा रहेको खुला मैदानमा महोत्सव आयोजना हुन लागेको शुक्रबार (आज ) पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
‘पर्यटन ,कृषि ,उधोग र व्यापारको उत्सवः समृद्धि नवलपुरका लागि आठौं महोत्सव‘ भन्ने नाराका साथ माघ २५ गतेदेखि फागुन १० गतेसम्म महोत्सव हुने पत्रकार सम्म्ेलनमा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक वैकुण्ठ प्रसाद अर्यालले जानकारी गराउनुभयो ।
होत्सवको आकर्षणको रुपमा जिल्लामै पहिलोपटक एफिल टावर, फिस टनेल र सुनामी झुला रहने अर्यालले जानकारी दिनुभयो ।
महोत्सव अवधिभर विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी , स्थानीय एवम् राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति , जिल्लामा उत्पादित वस्तुको प्रदर्शनी , कृषि प्रदर्शनी ,शैक्षिक अनुसन्धान र नव प्रवद्र्धन कार्य प्रोत्साहन कार्यक्रम , रत्यौली प्रतियोगिता , डान्स आइडल ,श्रष्टा सम्मान सहितका कार्यक्रम हुने अध्यक्ष अर्यालले बताउनुभयो ।
महोत्सवमा २ सय ५० वटा सम्म स्टल रहने जनाइएको छ । असी हजार दर्शकले प्रत्यक्ष तथा पाँच लाख दर्शकले अप्रत्यक्ष रुपमा अवलोकन गर्ने र अनुमानित रु. ५ करोडको कारोबार हुने अध्यक्ष अर्यालले बताउनुभयो । महोत्सवबाट ७५ लाख आमद्यानी हुने जसमध्ये ५० लाख अर्च हुने र २५ लाख बचत हुने अनुमान गरिएको अर्यालले बताउनुभयो । बचत भएको रकमबाट तालिम भवन निर्माण गरिने उहाँले बताउनुभयो ।
महोत्वमा प्रवेशका लागि रु.१०० टिकट ,विधार्थीका लागि रु.६० र ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरु लाई निशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष अर्यालले बताउनुभयो ।

जिल्लाको उधोग ,व्यापार , कृषि उपज, पर्यटन क्षेत्रको प्रवद्र्धन , स्थानीय कला ,संस्कृतिको उजागर गर्नका लागि महोत्सव फलदायी हुने संघका महासचिव सागर पोख्रेलले बताउनुभयो । महोत्सवमा एक पालिका एक उत्पादनलाई प्राथमिकता दिएर स्टल उपलब्ध गराइने महासचिव पोख्रेलले बताउनुभयो । महिलाहरुका स्टललाई पनि विषेश सुविधा उपलब्ध गराइने पोख्रेलले बताउनुभयो ।
यस्तै महोत्सवमा निशुल्क आँखा परिक्षण शिविर हुने र मोतियाविन्दु भएकालाई निशुल्क शल्यक्रिया सेवा समेत प्रदान गरिने पोख्रेलले बताउनुभयो ।
महोत्सव व्यवस्थापनका लागि विभिन्न उप समितिहरु समेत गठन गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस