मध्यविन्दु नगरपालिकाको १६ औं नगरसभा आज सम्पन्न

  • नवलपुर आज
  • २०८१ पौष २८, आईतबार (१ साल अघि)
  • ३७० पटक पढिएको
मध्यविन्दु नगरपालिकाको १६ औं नगरसभा आज सम्पन्न

प्रिय धन , चोरमारा ।  पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको १६ औं नगरसभा आज (आइतबार) सम्पन्न भएको छ ।
मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीको अध्यक्षतामा उपप्रमुख पूर्णकला चौधरीले प्रस्तुत गर्नुभएको प्रगति विवरणसहित आज सर्वसम्मत रुपमा पारित भएको हो । नगरसभामा गत आर्थिक वर्ष २०८०÷८१ को यथार्थ आय ,व्यय र नगद मौजदातको स्थिति प्रस्तुत गर्ने ,आर्थिक वर्ष २०८०÷८१ मा आन्तरिक राजस्व, संघ तथा प्रदेश सरकारबाट प्राप्त विभिन्न अनुदान र राजस्व बाँडफाड समेत गरी कुल आय रु ८६ करोड ३५ लाख ५२ हजार प्राप्त भएको र कुल व्यय तर्फ रु ७५ करोड १९ लाख २ हजार रुपैयाँ रहेको उपप्रमुख पूर्ण कला चौधरीले बताउनुभयो िजसमध्ये चालु तर्फ ५० करोड ९१ लाख ७० हजार पुँजी तर्फ २४ करोड २७ लाख ३२ हजार खर्च भएको पनि चौधरीले बताउनुभयो ि यसैगरी रु २ करोड २६ लाख १७ हजार संघीय तथा प्रदेश सरकारलाई निकासा फिर्ता भएको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०८०÷८१ को अन्त्यमा सञ्चित कोष तथा कोषतर्फ बैंक मौजदातको जम्मा ११ करोड १६ लाख ५० हजार रुपैयाँ रहेको पनि उपप्रमुख चौधरीले बताउनुभयो ।
यस्तै नगर उपप्रमुख पूर्णकला चौधरीले नगरसभाको पन्ध्रौँ बैठकबाट पारित कार्यक्रम तथा बजेट कार्यान्वयनको अर्धवार्षिक प्रगति समीक्षा प्रस्तुत गर्नुभएको थियो। चालु आर्थिक वर्ष २०८१÷८२ मा जम्मा १ अर्ब ७ करोड २७ लाख ७९ हजार रुपैयाँ बजेट पारित भएकोमा हालसम्म कुल आय ५६ करोड ४० लाख ५८ हजार अर्थात् ५२.५७% प्राप्त भइसकेको पनि उहाँले बताउनुभयो िआर्थिक वर्ष २०८१÷८२ को चालु तर्फ विनियोजित बजेट रु ६१ करोड ९१ लाख ४७ हजार मध्ये हालसम्म रु १५ करोड ८१ लाख ३० हजार अर्थात् २५.५४ प्रतिशत खर्च भएको ,यसैगरी पुँजी तर्फ विनियोजित बजेट रु ४५ करोड ३६ लाख ३२ हजार मध्ये रु १० करोड २५ लाख ३१ हजार अर्थात २२.६० प्रतिशत खर्च भएको पनि नगरसभा मार्फत जानकारी गराउनु भयो ।
यस्तै गरी मध्यबिन्दु नगरपालिकाका उपप्रमुख पूर्णकला चौधरीले आर्थिक वर्ष २०८१÷८२ को हालसम्ममा नगरपालिकाबाट सम्पादन भएका मुख्य मुख्य गतिविधिहरू संक्षेपमा राख्नुभएको थियो। नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनलाई व्यवस्थित गर्न यस अवधिमा दुईवटा निर्देशिका र पाँचवटा कार्यविधि निर्माण गरिएको साथै एकवटा कार्यविधि संशोधन गरिएको पनि उहाँले बताउनुभयो । आर्थिक वर्ष २०८०÷८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनतर्फ ९० अङ्क प्राप्त भएको पनि उहाँले बताउनुभयो। १५ शैयाको नगर अस्पतालको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ भने वडा नम्बर ७ को वडा कार्यालय भवन, पुस्तकालय भवन निर्माण भइसकेको उहाको भनाइ छ ि मध्यबिन्दु ८ को चौरङ्गी लोहासेधारा हुँदै झ्याङकट्टा सडक २७३० मिटर र वडा नम्बर १० को अल वेदर एक्सेस रोड ( ब्िि धभबतजभच बअअभकक चयबम ) २१३१ मिटर गरी जम्मा ५०७४ मिटर सडक कालोपत्रे भएको छ । यस्तै मध्यबिन्दु नगरपालिका स्थापना भएको दिन अर्थात् असोज १ गतेलाई स्थापना दिवसको रुपमा मनाउन सुरु गरिएको पनि उपप्रमुखको भनाइ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस