कावासोतीमा सिटि लाइट्स होलिडे प्रालिद्धारा सेवा शुभारम्भ

  • नवलपुर आज
  • २०८१ पौष २८, आईतबार (४ महिना अघि)
  • ३६७ पटक पढिएको
कावासोतीमा सिटि लाइट्स होलिडे प्रालिद्धारा सेवा शुभारम्भ

नवलपुर । कावासोतीमा  सिटि लाइट्स होलिडे प्रा.लि. ले सेवा शुभारम्भ गरेको छ । ट्राभल एण्ड टुरको क्षेत्रमा विगत ५ बर्ष देखि काम गरेका अनुभवी युवा व्यवसायी बुलेट सिग्देलले शनिबार  सिटि लाइट्स होलिडे प्रा.लि को शुभारम्भ गर्नुभएको हो।

आफ्नै गाउँघरमा सहज रुपमा अन्तर्राष्ट्रिय टुर प्याकेज र जुनसुकै देशको सहज रुपमा हवाई टिकट सेवा उपलब्ध गराउन सिटि लाइट्स होलिडे प्रा।लि।को शुभारम्भ गरेको प्रबन्ध निर्देशक सिग्देलले जानकारी दिनुभयो ।


कावासोती २ स्थित कुमारवर्ती रोडमा सेवा सुचारु गरेको सिटि लाइट्स होलिडे प्रा।लि।मा विभिन्न मुलुकमा यात्रा गर्न सुपथ मूल्यमा टिकट प्रदान गर्ने, ट्राभल प्याकेज, भिसा प्रोसेसिङ, ट्राभल इन्स्योरेन्स,कार बस स्कर्पियो रिजर्भ तथा  आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट उपलब्ध गराउने उहाँले बताउनुभयो।
जापान, क्यानडा ,यु।के। तथा अस्ट्रेलिया जाने बिधार्थीहरुको लागि टिकटमा  १० देखि १५ ५ सम्म छुट दिने गरेको कुरा पनि सिग्देलले जानकारी दिनुभयो।

ताजा अपडेट

खोजी गर्नुहोस