शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा काम गर्न नसकेकै हो – पूर्व गृह मन्त्री शर्मा

  • नवलपुर आज
  • २०८१ पौष २७, शनिबार (१ महिना अघि)
  • ७६ पटक पढिएको
शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा काम गर्न नसकेकै हो – पूर्व गृह मन्त्री शर्मा

कावासोती ।  पूर्व गृह मन्त्री तथा नेपाल मक्युनिष्ट पार्टी माओवादीका केन्द्रीय उपमहासचिव जर्नादन शर्माले आफ्नो पार्टीले उठाएका जनजीविकाका मुद्धाहरुमा सम्बोधन हुन नसकेकोमा दुःख व्यक्त गर्नुभएको छ ।
नवलपुरको कावासोतीमा शनिवार आयोजना भएको प्रेस सेन्टर नवलपुरको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै शर्माले सो कुरा बताउनुभएको हो । उहाँले ठुलो क्रान्तिबाट संस्थागत भएको गणतन्त्र र सङ्घीयताले धेरै कुरालाई सम्बोधन गरे पनि जनताको अत्यावश्यकता कुरा शिक्षा, स्वास्थ्य र रोजगारी यी मुख्य तीन कुरामा चुकेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो । ‘जनयुद्धको आधिवेहरीबाट विकसित भएर जनआन्दोलन हुदै संविधान सभाबाट अहिलेको यो उपलब्धि प्राप्त भएको हो । तर अझै पनि जनजीविकाको मुख्य तीन कुरा शिक्षा स्वास्थ्य र रोजगारीको क्षेत्रमा सोचजस्तो काम गर्न सकिएन । यो स्वीकार गर्नै पर्छ ’
यस्तै उहाँले पत्रकारका सन्दर्भ उठाउँदै पत्रकारहरूले गलतका विरुद्धमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक परिवर्तनका लागि , सरकारको गलत क्रियाकलापलाई खबरदारी गर्नका स्वतन्त्र रूपमा कलम चलाउनुपर्ने बताउनुभयो । पत्रकार पार्टीको पक्षधर नभई समाजको पक्षधर बन्नुपर्नेमा समेत उहाँको जोड थियो । उहाँले सबै पत्रकारहरू एक भएर राष्ट्र र समाजका लागि काम गर्न सुझाव समेत दिनुभयो ।
कार्यक्रमको उद्घाटन सत्रमा क्रियाशील पत्रकार महिला नवलपुरका अध्यक्ष ज्ञानु पंगेनी , प्रेस चौतारी नवलपुरका अध्यक्ष सालिकराम कोइराला , प्रेस युनियन नवलपुरका सभापति खगराज सापकोटा , वानका केन्द्रीय लेखा आयोग सदस्य सागर पोख्रेल , नेपाल पत्रका महासङ्घ नवलपुरका अध्यक्ष श्रीराम सिग्देल , नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश सचिव विश्वेश्वर पाण्डे , क्रान्तिकारी पत्रकार सङ्घका केन्द्रीय उपाध्यक्ष राम कुमार श्रेष्ठ , नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश सल्लाहकार नारायण सर्मा , प्रेस सेन्टरका केन्द्रीय सचिव दिपक भट्टराई , बोमलाल गिरी , लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्र जिल्ला र प्रदेशमा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।
उद्घाटन सत्रमा माओवादी पार्टीका केन्द्र तथा प्रदेश तहका नेता तथा कार्यकर्ताहरूका उपस्थिति रहेको थियो ।
यसैबिच प्रेस सेन्टर नवलपुरको तेस्रो अधिवेशनले अध्यक्षमा प्रितम भुजेल चयन हुनुभएको छ । उपाध्यक्षमा कमल बहादुर जिसी , समावेशी उपाध्यक्ष सुनिता गौतम भट्टराई सचिवमा राजु सुवेदी कल्पित, सहसचिवमा गणेश तिवारी , समावेशी सचिवमा वसन्त भुजेल , कोषाध्यक्ष सुरेन्द्र केसी चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा माधव पाण्डे शिशिर , मिना श्रीपालि लगायत चयन हुनुभएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस