कावासोती १६ मा सिँचाइ कुलो निर्माण ,१२० बिगाहा क्षेत्रफलमा सिँचाइको सुविधा

कावासोती १६ मा सिँचाइ कुलो निर्माण ,१२० बिगाहा क्षेत्रफलमा सिँचाइको सुविधा

कावासोती । कावासोती वडा नम्बर १६ ले सिँचाइ कुलोको कामलाई प्राथमिकतामा राखेर चार वटा योजना सम्पन्न गरेको छ ।
सहरी शासकीय तथा पूर्वाधार विकास योजना कार्यक्रम अन्तरगत ४० लाख बजेट बराबरको योजना सम्पन्न भएको छ ।
वडाको पिप्रेनी , तीन घरे , चार घरे र हरवासीमा सिँचाइ कुलो निर्माण गरिएको वडा अध्यक्ष आनन्द श्रेष्ठले बताउनुभयो । कृषि क्षेत्र बढी भएको स्थानलाई छनौट गरी वडाले चालु आर्थिक वर्षको पाँच महिना भित्रै योजना सम्पन्न समेत गरेको उहाँले बताउनुभयो । प्रत्येक कुलोका लागि १० लाख बराबरको बजेट विनियोजन गरिएको थियो । वडाभित्र कृषि गर्ने कृषकहरूको सङ्ख्या समेत धेरै भएको र व्यावसायिक रूपमा कृषि गरेर वडाको समृद्धिमा समेत योगदान पु¥याउनुभएका कृषकहरूका लागि पहिलो प्राथमिकता भने सिँचाइ हो भन्ने महसुस गरी सहरी शासकीय तथा पूर्वाधार विकास योजनाको बजेट कुलोमा लगानी गरेको बताउनुभयो । निर्माण भएका कुलोबाट बोरिङको पानी समेत लगाउन मिल्ने उहाँले बताउनुभयो ।
निर्माण भएका कुलोबाट १२० बिगाहा क्षेत्रफलमा सिँचाइको सुविधा पुग्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस