कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिकाले यसै शैक्षिक सत्रबाट सञ्चालनमा ल्याएको हाम्रो खुसी ९आवर हेप्पीनेश० पाठ्यक्रमलाई प्रभावकारी बनाउन खुसी शिक्षकहरूका लागि त्रि दिवसीय जीवन विद्या परिचय शिविर ९ तालिम ० आयोजना गरिएको छ ।
तालिम दुई चरणमा सञ्चालन गरिने छ । पहिलो चरण अन्तरगत तीन दिनसम्म पुस २२ देखि २४ गते सम्म र दोस्रो चरणमा पुस २५ देखि २७ गतेसम्म चल्ने छ । पहिलो चरणमा कक्षा १ देखी कक्षा ३ सम्म अध्यापन गराउने शिक्षकहरूलाई तालिम प्रदान गरिने छ । भने दोस्रो चरणमा कक्षा ४ देखी कक्षा ८ सम्मका शिक्षकहरूलाई तालिम सञ्चालन हुने छ ।
नेपालमा नै मध्यविन्दु नगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको हाम्रो खुसी ९आवर हेप्पीनेश ० पाठ्यक्रम पहिले आफैलाई बुझ्ने, त्यसपछि परिवारसँगको सम्बन्ध बुझ्ने, समाज बुझ्ने र प्रकृतिलाई बुझ्ने गरी हाम्रो खुसी पाठ्यक्रम तयार पारिएको नगर प्रमुख भिमलाल अधिकारीले जानकारी दिनुभयो । यो पाठ्यक्रमले खुसी हुनका लागि होइन की , खुसी भएर जिउनका लागि बालबालिकालाई प्रेरित गर्ने नगरप्रमुख अधिकारीले बताउनुभयो । बालबालिकालाई खुसी बनाउनका लागि पहिले शिक्षकहरु नै खुसी हुनुपर्ने भएकाले शिक्षकहरूका लागि सञ्चालन गरिएको जीवन विद्या परिचय शिविर ९ तालिम ०ले मदत पुग्ने उहाँको भनाई छ ।
तालिममा सहभागी भएका हाम्रो खुसी ९आवर हेप्पीनेश ० शिक्षकहरूले पनि तालिम निकै प्रभावकारी भएको बताएका छन् । ज्ञानोदय माविका शिक्षक रिमा श्रेष्ठले तालिममा सहभागी भएपछि वास्तवमा खुसी भनेको के हो त भन्ने कुरा जानकारी हासिल गरेको बताउनुभयो । ‘हामी अहिलेसम्म भौतिक सुविधामा मात्रै खुसी खोजेका रहेछौ , वास्तविक खुसी त आफ्नै मनभित्र हुँदो रहेछ । सम्बन्धमा वास्तविक खुसी हुँदो रहेछ भन्ने कुरा बल्ल थाहा पाए । श्रेष्ठले भन्नुभयो ।
र लिटिल स्टेप एकेडेमीका शिक्षक सुनिता राना मगर पनि आफ्नो जीवन र अस्तित्व के हो भन्ने बुझ्न सकेमा खुसी हुन सकिने कुरा थाहा पाएको बताउनुभयो । मानिसहरू सुविधा मात्रै खुसी हो भन्ने सोचेर दौडिरहेको तर वास्तविक खुसी त मानव मूल्य मान्यता , सम्मान, कृतज्ञतामा हुने रहेछ भन्ने कुरा तालिमबाट जानकारी पाएको बताउनुभयो ।
नवलपुर आवासीय माविका शिक्षक प्रकाश न्यौपाने पनि तालिममा सहभागी हुन पाउँदा निकै खुसी लागेको बताउँदै तालिमले अरूको नकारात्मक कुराको खोजी गर्ने, अरूका कमजोरी खोजेर खुसी हुने तर आफूभित्रको नकारात्मकताको ख्याल नगर्ने बानी रहेकोले यसलाई हटाउन सकेमा खुसी भइने रहेछ भन्ने कुरा थाहा पाएको बताउनुभयो ।
यसै गरी वीरेन्द्र माविका शिक्षक सूर्य सुवेदीले पनि माया ममता , स्नेह कृतज्ञता र विश्वासबाट नै खुसी प्राप्त गर्न सकिन्छ भन्ने कुरा बुझेको बताउँदै यी सबै कुरा घट्दै गएको अहिलेको समयमा विद्यार्थीहरूलाई यस बारेमा अवगत गराउन सकेमा विद्यार्थीहरूमा खुसीपन ल्याउन सकिने बताउनुभयो ।
शिविरमा जीवन विधाका प्रबोधक एवम् भारतीय शिक्षा बोर्डका सदस्य एवम् संयोजक श्रवण कुमार शुक्लाले सहजीकरण गर्नुभएको छ ।
पहिलो चरणमा तीन दिनसम्म चल्ने तालिममा २८७ जनाको उपस्थिति रहेको छ । मध्यविन्दु नगरपालिकामा सामुदायिक र संस्थागत गरी ६४ वटा विद्यालय छन् । तीन सबै विद्यालयमा खुसी शिक्षक तोकिएका छन् । तीनै खुसी शिक्षकका लागि तालिमको आयोजना गरिएको हो ।