विनयी त्रिवेणी गाउँपालिकाकाे गाउँसभाकाे १६ ओैँ अधिवेशन सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकाकाे गाउँसभाकाे १६ ओैँ अधिवेशन सम्पन्न
नवलपुर । नवलपुरकाे विनयी त्रिवेणी गाउँपालिकाकाे गाउँसभाकाे १६ ओैँ अधिवेशन मंगलबार भएको छ। गाउँसभाकाे १६ ओैँ अधिवेशन पालिका अध्यक्ष घनश्याम गिरीकाे अध्यक्षतामा सम्पन्न भएको हाे।

सभामा सभाका अध्यक्ष गिरीले कार्यसुची अनुसार सभामा पेश गर्नुपर्ने बजेट संशाेधन, विधायन समिति गठन र संचालनकाे कार्यविधि , कर्मचारी र जनप्रतिनिधिले पालना गर्नुपर्न आचारसंहिता लगायतका विषय प्रस्तुत गर्न समय प्रदान गर्नुभएको थियाे।

अधिवेशनमा गाउँपालिका उपाध्यक्ष भगवती बैदवारले आर्थिक वर्ष २०८०/०८१ काे संशाेधित बजेट तथा कार्यक्रम पेश गर्नुभएको थियाे। गाउँसभामा पेेश भएको संशाेधित बजेट तथा कार्यक्रम सर्वसम्मत रुपमा पास भएको छ। सभामा उपाध्यक्ष बैदवारले पालिकाकाे विभिन्न ३५ वटा शिर्षकका याेजनामा विनियोजन वजेट र याेजनाकाे संशोधन पेश गर्नुभएको थियाे।
गाउँसभाले कर्मचारी र जनप्रतिनिधिकाे आचार संहिता समेत सर्वसम्मत रुपमा पास गरेको छ।
सभामा उपाध्यक्ष बैदरवारले १५ओैँ अधिवेशनले विनियोजन गरेको बजेट ,आम्दानी र खर्चकाे विवरण प्रस्तुत गर्नुभएको थियाे। गाउँसभाको १५औं अधिवेशनबाट रु ७२ करोड २० लाख ३७ हजार बजेट विनियोजन गरिएको मध्य आन्तरिक आम्दानी, राजश्व बाँडफाँड र वित्तीय समानीकरणबाट प्राप्त अनुदान रु.३९ करोड ७२ लाख १५ हजार जुन कुल बजेटको ५५ दशमलव ०१ प्रतिशत हुँदा उक्त रकम चालु खर्चतर्फ वाँकी १६ करोड ५१ लाख ५१ हजार जुन उक्त बजेटको ४१ दशमलव ५७ प्रतिशत हुँदा बाँकी रकम पूँजीगत खर्चतर्फ २३ करोड २० लाख ६४ हजार जुन सो बजेटको ५८ दशमलव ४३ प्रतिशत खर्च हुने अनुमान गरिएको विवरण प्रस्तुत गर्नुभएको थियाे।
यसै गरि चालू आ.ब. का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतहरुमध्ये आन्तरिक आम्दानीबाट रु. १३ करोड २३ लाख ७६ हजार तथा प्रदेश सरकारको राजश्व बाँडफाडबाट प्राप्त हुने रु. १ करोड ८३ लाख २५ हजार, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु १ करोड ५६ लाख ३१ हजार, संघीय सरकारको राजश्व बाँडफाँडबाट ११ करोड ९८ लाख प्राप्त हुने साथै वित्तीय समानीकरण अनुदानबाट रु ११ करोड ६५ लाख तथा संघीय र प्रदेश सरकारको शसर्त एवम विशेष अनुदान र समपुरक अनुदानबाट जम्मा रु. ३१ करोड ९४ लाख ५ हजार हुने अनुमान गरिएको विवरण उहाँले प्रस्तुत गर्नुभएको थियो ।

सभाले गाउँपालिकामा चालू आवका हालसम्मका कार्यकाे अनुमाेदन समेत गरेको छ।

गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डित , गाउँपालिकाका वडा अध्यक्ष , कार्यपालिका सदस्य ,वडा सदस्य ,कर्मचारी लगायतको उपस्थिति रहेको थियाे।    

ताजा अपडेट

खोजी गर्नुहोस