नवलपुर । नवलपुरको कावासोतीमा नगर स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । कावासोती नगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा कावासोती–६,को प्रतिभा युवा क्लबको सह आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
पुस २७ गतेदेखि कावासोती –६, को विष्णु नगर रङ्गशालामा प्रतियोगिता सुरु क्लबका सोबित कुमार रानाले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेले ४० हजार रुपैयाँ, द्धितियले २० हजार सहित ट्रफि ,मेडल प्राप्त गर्नेछन् ।
सेमिफाइनलमा पुग्ने टिमले ५/५ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष रानाले बताउनुभयो । यसै गरी प्रतियोगितामा विभिन्न विद्यामा उत्कृष्ट खेलाडीलाई ट्रफि र मेडल प्रदान गरिने छ ।