बुलिङटारमा भिरबाट लडेर एक जनाको मृत्यु

बुलिङटारमा भिरबाट लडेर एक जनाको मृत्यु

कावासोती  । बुलिङटार गाउपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानाकारी अनुसार आज बिहान १०:४५ बजेको समयमा बुलिङटार -६ अत्रौली बस्ने ४५ वर्षका खुम बहादुर वि.क.आफ्नै घर माथिको भिरमा हिड्ने क्रममा लडेर मृत्यु भएको  हो । बिकले मादक पदार्थ सेवन गरेका थिए  । उनि भिरबाट ५० मिटर तल खस्दा  मृत्यु भएको सोही वडाका अध्यक्ष मार्फत जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
घटनाका  बारेमा अनुसन्धान भइराखेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस