मध्यविन्दुमा कोपोमिक्स सम्बन्धि दुइ दिने तालिम सुरु

  • नवलपुर आज
  • २०८१ पौष २१, आईतबार (४ महिना अघि)
  • १६३ पटक पढिएको
मध्यविन्दुमा  कोपोमिक्स सम्बन्धि दुइ दिने तालिम सुरु

प्रकाश रेग्मी , चोरमारा ।  मध्यविन्दु नगरपालिकाको आयोजनामा सहकारी तथा गरिवी सम्बन्धि व्यवस्थापन सुचनाप्रणाली कोपोमिक्स सम्बन्धी दुइ दिने तालिक सोमबारबाट सुरु भएको छ ।

नगरपालिकाले आर्थिक व्यवस्थापन राम्रो होस भन्ने उदेश्यका साथ नगरका सहकारी संस्थाका व्यवस्थापकहरुका लागी अनलाइन अपडेट सम्बन्धी दुइ दिने तालिम आयोजना गरेको सहकारी शाखा प्रमुख विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो । नगरपालिका भित्र रहेका संघ प्रदेश तथा स्थानीय तिनै किसिमका सहकारीका व्यवस्थापक तथा सह–व्यवस्थापकहरुलाई तालिम दिइएको छ । अबका दिनमा कोपोमिक्समा नजाने सहकारीहरुलाई कावाहि गरिने समेत शर्माले बताउनुभयो ।
कोपोमिक्स भनेको सहकारी संस्थाका तथ्याङकहरुलाई एकीकृतरुपमा प्रविष्ट गर्ने सिप हो । कार्यक्रममा सन्दिप पौडेलले प्रशिक्षण गर्नु भएको छ । सहकारीलाई व्यवस्थीत बनाउन यसले मद्दत पुग्ने उहाँले बताउनुभयो । प्रविधिको अभाव र जनशक्तिको अभावका कारण पनि सहकारीहरु कोपोमिक्समा जोडिन नसकेको उहाँले बताउनुभयो । नगरपालिकाले सहकारीहरुलाई व्यवस्थीत सञ्चालन गर्नका लागि विगतका वर्ष देखि नै यस तालिम सञ्चालन गर्दै आइरहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस