बाघखोर युवा क्लबको अध्यक्षमा दिपक अर्याल

  • नवलपुर आज
  • २०८१ पौष २०, शनिबार (३ महिना अघि)
  • ४१६ पटक पढिएको
बाघखोर युवा क्लबको अध्यक्षमा दिपक अर्याल

प्रकाश रेग्मी , चोरमारा  ।  बाघखोर युवा क्लब मध्य विन्दु ५ को दोस्रो साधार सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष आदेश ज्ञवालीको अध्यक्षता र नगर प्रमुख भिमलाल अधिकारीको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो । 
कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले क्लबले छोटो समयमा आफ्नो छुट्टै पहिचान दिन सफल भएको बताउनुभएको थियो । युवा भनेका के हुन र के गर्न सक्छन् भन्ने क्लबले जानेकाले, एक बषमै क्लबले कुनै एक क्षेत्र मात्र नभई खेलकुद , सिप मूलक तालिम , स्वास्थ्य शिविर , शिक्षा , सरसफाइको क्षेत्रमा धेरै राम्रो काम गरेको बताउनुभयो । उहाँले अधिवेशनले चयन गर्ने आगामी नेतृत्व क्रियाशिल र जागरुप भएर काम गर्नेमा आफू विशवस्त रहेको जनाउदै विगतमा समेत सहयोग गरिरहेको र आगामी दिनमा समेत सहयोग गर्ने प्रतिवदता जनाउनुभएको थियो ।
कार्यक्रममा क्लबका .अध्यक्ष आदेश ज्ञवालीले क्लबको बाषिक प्रतिवेद प्रस्तुत गदेै क्लबले गैरवको आयोजनाको रूपमा विन्देश्वरी रङ्गशाला निर्माण गरिरहेको बताउनुभएको थियो । उहाँले आफू समितिमा रहदा सक्दो सामाजिक कार्यहरू गरेको र आमामी दिनमा समेत कार्यक्रमहरू निरन्तर हुने छ भन्नेमा आफू आशाबादि रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष गणेश पाठकले मध्यविन्दु ५ को समग्र विकासमा क्लबको भूमिका स्मरण योग्य रहेको बताउनुभएको थियो । हामीले गर्ने कार्यहरूमा झकझकाउन होस या नयाँ योजना दिन क्लबले सहयोग गरेको बताउदै क्लबको प्रगतिका लागी शुभकामना दिनुभएको थियो ।
जित बहादुर थापा , चोला कान्त काफ्ले, धर्मराज लुइँटेल , मोतीलाल सिग्देल , दुर्गा प्रसाद तिवारी , प्रकाश परियार , उदराज अर्याल लगायतले मन्तव्य राख्दै क्लबको कामहरूको प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा संस्थालाई सहयोग गर्ने विभिन्न सङ्घ संस्था तथा व्याक्तीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नगर उप प्रमुख पुर्णकला चौधरी, नगर प्रमुख सल्लाकार अमृत ज्ञवाली, कार्यपालिका सदस्य शान्ता गुरै, मध्यविन्दु नगर खेलकुद बिकास समिति सचिव हिमाल सिङ ठकुरी, युवा समाजसेवी जितु खड्का, लागगत शैक्षिक राजनीति तथा युवा प्रेमीहरूको उपास्थीति रहेको थियो ।
यसैबीच शनिवार सम्पन्न अधिवेशनबाट दीपक अर्यालको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ । जसको उपाध्यक्षमा सम्झना महतो , सचिवमा राजु पुरी , सह सचिवमा तुलसी बि.क , र कोषाध्यक्षमा सुशील खड्का चयन हुनु भएको छ । त्यसै गरी सदस्यहरूमा सुवर्ण सुवेदी, भीम बहादुर महतो, शुवास्ना थापा, विप्लव महतो, मनिस गाहा, र विवश श्रेष्ठ चयन हुनु भएको छ । नेतृत्व चयनका लागि मोतीलाल सिग्देलको संयोजनमा चोलाकान्त काफ्ले र जित बहादुर थापाको निर्णय मण्डल निर्माण गरिएको थियो ।
निर्वाचीत समितिलाई धर्मराज लुइँटेलले शपथ ग्रहण गराउनुभएको थियो । निर्वाचित अध्यक्षले यो विश्वासलाई टुट्न नदिने भन्दै क्लबका कार्यहरूलाई निरन्तरता दिदै नयाँ कार्यक्रमहरू पनि गर्ने उहाँले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस