राष्ट्रिय युवा सङ्घ कावासोती ६ मा किशोर काफ्लेको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित

  • नवलपुर आज
  • २०८१ पौष १९, शुक्रबार (१ महिना अघि)
  • ९८ पटक पढिएको
राष्ट्रिय युवा सङ्घ कावासोती ६ मा किशोर काफ्लेको अध्यक्षतामा नयाँ कमिटी  निर्वाचित

कावासोती । राष्ट्रिय युवा सङ्घ नेपाल कावासोती –६,को नयाँ कमिटी निर्वाचित भएको छ । आज भएको दोस्रो अधिवेशनले किशोर काफ्लेको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा कमल प्रसाद बस्याल, सचिवमा सुवास न्यौपाने, सह सचिवमा पूजा तिवारी ,बबिता पौडेल, कोषाध्यक्षमा सन्दीप सुवेदी सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ ।
यसै गरी सदस्यमा सुमन बस्याल, राजेश गुरुङ, दीपक चापागाईँ, उत्सव राना, अजय दर्लामी ,सुरज गाहा र तीर्थराज पौडेल सर्वसम्मत रूपमा निर्वाचित भकाएछन् ।
दोस्रो अधिवेशन राष्ट्रिय युवा सङ्घ कावासोती ६ का निवर्तमान अध्यक्ष युवराज गैरेको अध्यक्षता युवा सङ्घ नगर अध्यक्ष कमल पौडेलको प्रमुख आतित्थ्यतामा भएको थियो । कार्यक्रममा जिल्ला सल्लाहकार समिति सदस्य ज्ञान प्रसाद डुमे्र, जिल्ला कमिटी सदस्य भोजराज दाहाल, युवा संघ  जिल्ला  सदस्य  शाेवित कुुमार राना ,युवा सङ्घ नगर उपाध्यक्ष  अषमिन पुन (गोरी),  लगायतको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस