कावासोती मगरकोटका १५ वर्षीय समिर एक हप्तादेखि सम्पर्क बिहीन ,खोजीमा सहयोग गरिदिनु परिवारको आग्रह

कावासोती मगरकोटका १५ वर्षीय समिर एक हप्तादेखि सम्पर्क बिहीन ,खोजीमा सहयोग गरिदिनु परिवारको आग्रह

कावासोती ।  कावासोती १० मगरकोट निवासी १५ वर्षका समिर राउत एक हप्तादेखि सम्पर्क बिहीन भएका छन् ।
समिर यही पुष १२ गतेदेखि वेपत्ता भएपछि उनको परिवारले खोजीमा सहयोग गरिदिन प्रहरी तथा सम्बन्धीत निकाय समक्ष अनुरोध गरेका छन् ।
उनी आफ्ना अभिभावकहरूलाई कुनै जानकारी नदिई घरबाट निस्केर हिँडेको र हालसम्म सम्पर्कमा नरहेको पारिवारिक श्रोतलाई उद्यृत गर्दै प्रहरीले जानकारी दिएको छ । उनका बुवा कृष्णबहादुर राउत तथा आमा शोभाकुमारी हमालले प्रहरीमा खोजी गरिदिनका लागि निवेदन समेत दिएका छन् ।
समिरलाई देख्नुहुने महानुभावहरूले नजिकैको प्रहरी चौकी अथवा उनका बुवा कृष्णबहादुर राउत तथा आमा शोभाकुमारी हमाल अथवा ९८५–७०८७५५५ सम्पर्क गरि खबर गरिदिन परिवारजनले आग्रह गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस