बाल यौन दुरुपयोग मुद्धामा फरार रहेका एक जना कावासोतीबाट पक्राउ

बाल यौन दुरुपयोग मुद्धामा फरार रहेका एक जना कावासोतीबाट पक्राउ

कावासोती ।  बाल यौन दुरुपयोग मुद्धामा दोसी ठहर गरी सजाय तोकीएर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार कावासोती १३ बस्ने वर्ष २१ का आशिस बिकलाई बिहीबार ( आज ) उनकै घरबाट पक्राउ गरिएको हो ।
जिल्ला अदालतको मिति २०८० बैशाख १६ गतेको फैसलाले बाल यौन दुरुपयोग मुद्धामा दोसी ठहर गरी ५ महिना ४ दिन कैद र (पाँच हजार) जरिवाना तोकीएका बिक फरार रहेका थिए ।
उनलाई गोप्य सूचनाको आधारमा खटीएको टोलीले निजको घरबाट पक्राउ गरी जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस