एमाले नवलपुर प्रचार विभागद्वारा बधाई तथा सम्मान

  • नवलपुर आज
  • २०८१ पौष १३, शनिबार (१ महिना अघि)
  • १३४ पटक पढिएको
एमाले नवलपुर प्रचार विभागद्वारा बधाई तथा सम्मान

कावासोती  ।  नेकपा एमाले नवलपुर जिल्ला प्रचार तथा प्रकाशन विभागले गत मङ्सिर २८ गते सम्पन्न नेपाल पत्रकार महासङ्घको विभिन्न पदमा निर्वाचित प्रेस चौतारी नेपाल जिल्ला शाखामा आबद्ध सदस्यहरुलाई बधाई तथा सम्मान गरेको छ ।
नेकपा एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख सागर पोख्रेलको अध्यक्षता एवम् एमाले नवलपुर जिल्ला अध्यक्ष एवम् संविधान सभा सदस्य जीवन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष यमुनाथ आचार्य , जिल्ला सचिव भीमलाल कँडेल लगायतको उपस्थित रहेको थियो ।
सम्मान कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष एवम् संविधान सभा सदस्य जीवन कुमार श्रेष्ठले सत्य तथ्य समाचार जान्न पाउने आम नागरिकको अधिकार समेत भएकोले प्रेस चौतारीका सदस्यहरूले सत्य तथ्य समाचार बाहिर ल्याउन र त्यता तर्फ कलम चलाउन आग्रह गर्नुभयो । साथै उहाँले गलत समाचारको खण्डन गर्ने गरी विश्वसनीय समाचार लेख्न समेत आग्रह गर्नुभयो ।
मङ्सिर २८ गते सम्पन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनमा प्रेस चौतारीबाट केन्द्रीय पार्षदमा सागर पोख्रेल, प्रदेश सचिवमा भविश्वर पाण्डे, प्रदेश पार्षदमा दिपक शर्मा, दयाराम आचार्य, तीर्थ डुम्रे, माधव भुसाल जिल्ला शाखाको खुल्ला उपाध्यक्षमा सालिकराम कोइराला, समावेशी सह–सचिवमा ज्ञानु पंगेनी, कोषाध्यक्षमा असिफ गुरुङ, जिल्ला कार्य समितिमा खगेन्द्रपराजुली, राजु चापागाईँ, लोकनाथ पंगेनी, खेमनारायण महतो र राम सुनार निर्वाचित भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस