कावासोती । रोटरी क्लब अफ कावासोतीले स्मारिका विमोचन तथा सम्मान कार्यक्रम शनिवार कावासोतीमा सम्पन्न गरेको छ ।
कार्यक्रममा क्लबले हरेक वर्ष प्रकाशन गर्दै आएको स्मारिका विमोचन तथा नव निर्वाचित नेपाल पत्रकार महासङ्घका पदाधिकारी तथा सदस्यहरू र साहित्य र वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट हुन सफल युवा व्यक्तित्वहरूलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
नेपाल पत्रकार महासङ्घ नवलपुरका नव निर्वाचित अध्यक्ष श्रीराम सिग्देल , उपाध्यक्ष शालिकराम कोइराला , धनु भुसाल , सह सचिव ज्ञानु पंगेनी , सदस्यहरु लेकनाथ पंगेनी , खेमनारायण महतोल सहितका महासंघमा वन निर्वाचित भएका पत्रकारलाई सम्मान गरिएको हो ।
यस्तै भर्खर सम्पन्न जेसीजको केन्द्रीय महाधिवेशनमा राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगितामा सहभागी जनाउँदै प्रथम भई एक लाख नगद पुरस्कार समेत प्राप्त गर्न सफल नवलपुर जेसीज वर्ष–२०२४ की उपाध्यक्ष यमकला पौडेल र १२ खरी कथा प्रतियोगिता २०८१ मा देशभरबाट उत्कृष्ट २५ कथाकारमा पर्न सफल साहित्यकार तथा कावासोतीका युवा सुदिप चापागाईँलाई क्लबले सम्मान गरेको हो ।
कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु प्रसाद भुसालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख भुसालले क्लबले समुदायका लागि विभिन्न सामाजिक काम गर्दै आएको भन्दै यसरी युवा वर्ग र सञ्चार जगतलाई सम्मान गरी सबै पक्षसङको समन्वय र सहकार्य गर्नुपर्छ हौसला प्रदान गर्नुपर्छ भन्ने भाव प्रकट गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ नवलपुरका नव निर्वाचित अध्यक्ष श्रीराम सिग्देलले सम्मान गरी हौसला प्रदान गरेकामा धन्यवाद दिँदै आफ्नो कार्यकालमा सञ्चार जगतले खेल्नुपर्ने भूमिकालाई साथ सहयोग सँगै आलोचनात्मक टिप्पणी समेत गरी सफल बनाउनका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा सम्मानित हुने यमकला पौडेल र सुदिप चापागाईँ समेतले आफ्ना भनाई राख्दै युवा वर्गलाई आफ्नो कर्ममा लाग्न पे्ररित गर्न सम्मानले हौसला प्रदान गरेकामा धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा पूर्व अध्यक्ष भोजराज दाहालले धन्यवाद मन्तव्य राख्दै रोटरी क्लबले विशेष गरी स्वास्थ्यका क्षेत्रमा सामाजिक काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा क्लबको तर्फबाट अपाङ्गता पुनस्र्थापना केन्द्र नवलपुरलाई एक थान फिल्टर समेत हस्तान्तरण गरिएको थियो ।
क्लबका पूर्व अध्यक्ष जीवन सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा क्लबका अध्यक्ष केशव भट्टराईको अध्यक्षता रहेको थियो ।