नवलपुर । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १६ बेलस्वाराका ४६ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
जागृति बाल तथा युवा सरोकार नेपालले नेपाल हिल्फे बिटिकम किन्डर इन चिल्ड्रेन नेपालको सहयोग र देवचुली नगरपालिका वडा नम्बर १६ को समन्वयमा श्री सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सो सामाग्री वितरण गरिएको हो ।
देवचुली नगरपालिकामा संचालित आयआर्जन कार्यक्रम अन्तर्गतबात खुसी खुसी बिधालयमा बालबालिका पुर्याउने अभियान अन्तर्गत यो शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताउनुभयो ।
सो विद्यालयमा अध्ययनरत ४६ जना छात्रछात्रालाई झोला, स्विटर, टोपी, कपि, पेन्सिल, वितरण गरिएको हो ।
जागृति बाल तथा युवा सरोकार नेपालले किशोरकिशोरी र आयआर्जनको क्षेत्रमा काम गरिरहेकोमा धन्यवाद व्यक्त गर्दै नगरले पनि बालबालिकाको लागि चौतर्फी बिकासमा सहयोग पुर्याउन विभिन्न योजना निर्माण गरिएको प्रमुख अतिथी देवचुली नगरपालिका नगर प्रमुख हरि प्रसाद न्यौपानेले बताउनुभयो ।
शैक्षिक सामाग्री वितरण कार्यक्रम बोल्दै नगर उप प्रमुख पार्वता तिवारीले सस्थाले गरेको राम्रो काममा बधाई दिदै समग्र बालबालिकाको लागि निरन्तर रूपमा लागिरहने बताउनुभयो । बालबालिकाको लागि स्थानीय सरकार सगै अरु सरोकारवालाले ध्यान दिनु आवश्यकता रहेको बताउनुभयो ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा देवचुली नगरपालिकाका जनप्रतिनिधिहरु, अभिभावकहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।