ज्येष्ठ नागरिक दिवसमा मध्यविन्दुमा ज्येष्ठ नागरिकलाई सम्मान

  • नवलपुर आज
  • २०८१ पौष ११, बिहिबार (४ महिना अघि)
  • २०७ पटक पढिएको
ज्येष्ठ नागरिक दिवसमा मध्यविन्दुमा ज्येष्ठ नागरिकलाई सम्मान

प्रकाश रेग्मी ,  मध्यविन्दु ।

मध्यविन्दु नगरपालिकामा ज्येष्ठ  नागरिकहरुलाई सम्मान तथा अभिमुखी करण गरेर चौथो राष्ट्रिय ज्येष्ठ  नागरिक दिवस मनाइएको छ । सभ्य नागरिकको आधार जेष्ठ नागरिक मैत्री घरपरिवार भन्ने मुल नाराका साथ मध्यबिन्दु नगरपालिक जेष्ठ नागरिकहरु लाई स्वास्थ्य बर्दक खानेकुरा हरु दिएर ज्येष्ठ  नागरिक दिवस मनाइएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पुष्पा कुमारी रिजालले बताउनुभयो ।

मध्यविन्दु नगरपालिकामा ८५ जेष्ठ नागरिकहरुलाई हलेस दिएको थियो भने मध्यविन्दु २ का ८१ जना ज्येष्ठ  नागरिकहरुका लागी कम्मल, लाइट र झुल बितरण गरिएको वडा अध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो । मध्यविन्दु नगरपालिकाको सहयोगमा बितरण गरिएको उहाँले बताउनुभयो । ८१ सालमा ८१ जनालाई बितरण गरियो भने हरेक बर्ष एक जनालाई थप गर्दै बाढिने पनि अधिकारीले भन्नु भयो ।
ज्येष्ठ  नागरिकको सम्मान र सत्कारमा कुनै कमि राख्न नहुने बताउर्दै नगरपालिकाले ज्येष्ठ  नागरिकहरुको आवश्यकतालाई बुझेर काम गरिरहेको नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।
मध्यबिन्दु नगरपालिका भित्र बिभिन्न ठाउँहरुमा जेष्ठनागरिकहरु बसोबास गरेर भजन किर्तन गर्ने स्थल निर्माणका लागि योजना बनाइ रहेका छौं । अहिले पनि हामीले हरेका बर्ष बाजा सामाग्री हरु बितरण गरिरहेका पनि र्छौ अधिकारीले भन्नु भयो ।

कार्यक्रममा मध्यबिन्दु नगरपलिका स्वास्थ शाखा प्रमुख जागेश्विर भुसाल र मध्यबिन्दु नगर अस्पतालका डा.अमेश चन्द्र शाहले ज्येष्ठ  नागरिक को स्वास्थको बारेमा ध्यान दिनु पर्ने कुराहरु बारे जानकारी दिनुभएको थियो । जेष्ठ नागरिक कार्ड ,स्वास्थ बिमा,लगायत बाट जेष्ठ नागरिकले पाउनु पर्ने सेवा तथा सुबिधा सम्बन्धी कुराहरुलाइ प्रष्ट पार्दै ज्येष्ठ  नागरिकहरुका गुनासाहरु लाई पनि सम्बोधन गर्नु भएको थियो।

ज्येष्ठ  नागरिक प्रती उच्च सम्मान ब्यक्त गर्दै जेष्ठ नागरिकहरुका लागी बिभिन्न कार्यक्रमहरु पालिकाले गर्दै आएको नगर उप प्रमुख पुर्णकला चौधरीले बताउनुभयो ।

कार्यक्रममा कानुनी रुपमा ज्येष्ठ  नागरिकहरु लाई केही परामर्श दिनु हुँदै मध्यबिन्दु नगरपालिका कानुनी सल्लाहकार भुपेन्द्र खनालले आफ्ना आमा बाबु लाई कुनै पनि छोराछोरीले हेला गाली गलोउज गरि आमाबाबु लाई नहेर्ने जस्ता कार्य तथा प्रवृत्ति देखाएमा ज्येष्ठ  नागरिकहरु नगरपालिका मा रहेको मेलमिलाप केन्द्र बाट अगाडि बढन सक्ने बताउनु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस