कावासोती । कावासोती नगरपालिकामा बालमैत्री स्थानीय शासनको अभियान वडा वडामा केन्द्रीत गरि संचालित गरिने भएको छ ।
कावासोती नगरको कार्यपालिका बैठक अनुसार पहिलो चरणमा ३,४, १२ र १६ लाई घोषणा गर्ने गरि निर्णय गरियकोले वडा वडामा अभियान सुरु गरिएको बालमैत्री फोकल पर्सन रिता रिजालले बताउनुभयो ।
छनौट भयका कावासोतीका वडा नम्बर ३,४,१२ र १६ का जनप्रतिनिधिहरु र बालमैत्री स्थानीय शासनको वडा स्तरीय समितिलाई अभिमुखिकरण गरि ५१ सूचकमा वडाको अवस्थाको बारेमा जानकारी दिन सुरु गरिएको कावासोती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले बताउनुभयो ।
सुचकको अवस्था अनुसार चरणबद्द रूपमा वडामा केन्द्रीत हुने र अभियानलाई अगाडी लैजाने गरिको योजना निर्माण गरिएको उहाँले बताउनुभयो ।
आजको अभिमुखिकरणमा बालबालिकामा किन लगानी आवश्यक छ, वडाहरुमा बालमैत्रीको सुचकहरुको अवस्था र अब गर्नुपर्ने कार्यहरुको बारेमा बालमैत्री अभियन्ता दिपक शर्माले सहजीकरण गर्नुभएको थियो ।
उहाँले बालबालिकामा लगानी गर्दा हुन सक्ने फाईदा र यसको दिगोपनको लागि गर्न सकिने क्रियाकलापहरुको बारेमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख बिष्णु प्रसाद भुसालले बालबालिकाको लागि नगरपालिका अभिभावक रहेकोले बालबालिकाको लागि हरेक हिसाबले काम गर्न तयार रहेको र बालबालिकाको शिक्षा, स्वास्थ्यमा निरन्तर काम गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रमको समापनको अवसरमा नगर उप प्रमुख फुलकुमारी थनेतले बालबालिकाहरुमा अधिकार र कर्तव्य सगै सिकाउन आवश्यक रहेकोले बालमैत्री अभियानले यसको नेतृत्व लिन सम्पुर्ण सरोकारवालालाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा वडाबाट जनप्रतिनिधि, बिधालय, स्वास्थ्य, बालक्लब र वडास्तरीय समितीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।