कावासोती । शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा एवं ८ औं अधिवेशनले पुन गीतादेवी अर्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
शनिबार अवेरराति सम्पन्न अधिवेशनको बन्दशत्रले उपाध्यक्षमा पुनः तुलसीदेवी खनाल , सचिवमा सुमित्रा सिग्देल , कोषाध्यक्षमा राज कुमारी काफ्लेललाई चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा यमकला भुर्तेल , चन्द्रकला वाग्ले , सरस्वती खनाल , पार्वती परियार , सीता भण्डारी , धनीमाया उपाध्याय र रम कुमारी भण्डारी चयन हुनुभएको छ । यसैगरी लेखा समिति संयोजकका विन्दु खनाल र सदस्यहरुमा कुन्तिकला अधिकारी र सृजना विश्वकर्मा चयन हुनुभएको छ ।
अधिवेशनको शनिबार गण्डकी प्रदेशका भूमि ब्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।
शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्थाले कृषि क्षेत्रमा लगानी गरि महिलाहरुको आयआर्जनमा टेवा पुर्याउनुका साथै महिलाहरुको आर्थिक सामाजिक सशक्तिकरणमा लामो समयदेखी काम गर्दै आएको छ ।
वन निर्वाचित अध्यक्ष गीतादेवी अर्यालले अबको कार्यकालमा सहकारी मार्फत् समुदायको आर्थिक सामाजिक विकास र महिलाहरुको क्षमता विकासका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सहकारीको विकासका लागि सदैव लागिपर्ने बताउनुभयो । सबैसंग हातेमालो र सहकार्य गरेर सहकारीलाई सशक्त र पादरर्शी रुपमा सञ्चालन गर्नका लागि आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।