नवलपुर । राष्ट्रिय युवा संघ नेपाल कावासाेती नगर कमिटीकाे अध्यक्षमा कमल पाैडेल निर्वाचित हुनुभएको छ। आज कावासाेतीमा भएको दाेस्राे अधिवेशनबाट पाैडेल अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हाे।
कमिटीकाे उपाध्यक्षमा अस्मिन पुन (गाेरी),सचिवमा रविन सापकोटा ,सह सचिवमा सुमित केसी , दिल कुमारी खण्डलुक मगर र काेषाध्यक्षमा अजय श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ।
अधिवेशनले ३१ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको हाे ।
अधिवेशनकाे उद्घाटन शत्र निवर्तमान उपाध्यक्ष भरत मल्लकाे अध्यक्षता तथा केन्द्रीय महासचिव सुमन पुरीकाे प्रमुख आतिथ्यता भएको थियो । कार्यक्रममा विभिन्न तहका नेताहरूकाे समेत उपस्थिति रहेको थियो ।