कावासोती । राष्ट्रिय युवा सङ्घ नेपाल कावासोती नगर कमिटीको दोस्रो सम्मेलन आज कावासोतीमा जारी छ । सम्मेलनको उद्घाटन सत्र युवा सङ्घ नेपाल केन्द्रीय महासचिव सुमन पुरीको प्रमुख आतिथ्यतामा भएको छ । उद्घाटनमा सम्बोधन गर्दै केन्द्रीय महासचिव सुमन पुरीले देशका लागि युवाको नृतत्वको खँचो औँल्याउनु भयो । युवासङ्घको नेतृत्व असल नेतृत्व भन्ने स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । नयाँ बन्ने कार्यसमितिलाई शुभकामना दिँदै असल र जुझारु नेतृत्व आउने छ भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
उद्घाटन सत्रमा बोल्दै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष जीवन श्रेष्ठले युवा सङ्घको अब बन्ने नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गर्दै देशको राजनीतिमा युवाहरूको खाचो रहेको बताउनुभयो । उहाँले युवाहरूको जोस जाँगरले नै देश समृद्ध बन्ने भन्दै असल राजनीतिज्ञ बन्नका लागी अनुरोध गर्नुभयो ।
कार्यक्रममा , नेकपा एमाले स्थानीय निकाय बिकास बिभाग सदस्य बाबुराम विश्वकर्मा , नेकपा एमाले गण्डकी प्रदेश सदस्य नारायण तिमिल्सीना , नेकपा एमाले जिल्ला कमिटी सचिव भिमलाल कँडेल , युवा इन्चार्ज बाबुराम पाण्डे ,, युवा सङ्घ गण्डकी प्रदेश सह इन्चार्ज मदन गिरी , युवा सङ्घ केन्द्रीय सदस्य दिपक शर्मा , लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रम युवा सङ्घ नगर कमिटी उपाध्यक्ष भरत मल्लको अध्यक्षतामा भएको थियो ।
यसैबिच अहिले बन्दशत्र चलिरहेको छ । बन्दशत्रमा सर्वसम्मत रूपमा नयाँ कार्य समिति चयन गर्ने प्रयास भइरहेको छ । अध्यक्षमा चार जनाले इच्छा देखाएपछि सहमतीको लागि प्रयास जारी रहेको जनाइएको छ ।