बसन्त श्री बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः तिवारी

  • नवलपुर आज
  • २०८१ पौष ६, शनिबार (१ महिना अघि)
  • ८१ पटक पढिएको
बसन्त श्री बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः तिवारी

प्रिय धन, चोरमारा  ।  बसन्त श्री वचत तथा ऋण सहकारी संस्था मध्यविन्दु ९ को १७ औ वार्षिक साधारण सभा तथा छैठौ नेतृत्व चयन कार्यक्रम सम्पन्न भएको छ । शनिवार नेपाल लोकसेवा माध्यमिक विद्यालय बसन्तपुरको प्रांगणमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण प्रसाद तिवारीको अध्यक्षता तथा मध्यविन्दु नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विष्णु प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
खुल्ला सत्र अन्तर्गत शुभकामना व्यक्त गर्नुहुँदै प्रमुख अतिथि शर्माले अहिले सहकारी शब्द सुन्ना साथ सबै तर्सिएको बताउनुभयो । साथै केहि व्यक्ति तथा समूहले स्थानीय स्तरमा रहेका सहकारीबाट लिएको ऋण रकम असुल नगर्ने भन्दै भ्रमपूर्ण आन्दोलन गरेको पनि बताउनुभयो । “यो सबै ऋण नतिर्ने खेलो हो , एक एक पैसा जम्मा गरेर लगानी गरिएको मध्यविन्दु नगरपालिकाभित्रका सहकारीमा कसैले पनि ऋण नतिर्न पाउँदैन ।“ शर्माले भन्नुभयो । उहाँले सबै सहकारी एउटै नभएको र नगरभित्र कुनै पनि समस्या नरहेको समेत स्पष्ट पार्नुभयो । जुन उद्देश्यका साथ ऋणीले ऋण लिन्छ, सोही काम गर्ने हो भने चुक्ता गर्न समस्या पनि नहुने र सहकारीको कुनै समस्या उत्पन्न नहुने पनि मध्यविन्दु नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विष्णु प्रसाद शर्माले बताउनुभयो ।
यस्तै चोरमारामा रहेको उज्यालो वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष केशव गौतमले सहकारी संस्थाले शेयर सदस्यहरुको दैनिकीमा समेत परिवर्तन ल्याएको बताउनुभयो । उहाँले सहकारीका विभिन्न कार्यक्रम मापÞर्mत विद्यार्थीको प्रतिभा उजागर , बालबालिकाको स्वास्थ्यमा सुधार , महिलाहरुको सीप आर्जन , वीमा कार्यक्रम लगायतका कार्यक्रममा फाइदा भएको दावी समेत गर्नुभयो ।
शेयर सदस्यको तर्फबाट आफ्ना भनाइ राख्नुभएका सदस्य ज्ञानेन्द्र मल्लले थोरै पैसालाई बचत गरेर दुःखको समस्या टार्ने उद्देश्यका साथ स्थापना गरिएको सहकारी संस्थामा कुनै पनि आर्थिक हिनामिना हुन नहुनेतर्फ सचेत गराउनुभएको थियो ।
कार्यक्रममा मध्यविन्दु नगरपालिकाका कार्यपालिका सदस्य , कोपिला पौड़ेल वडा सदस्यहरु , संस्थापक अध्यक्ष लेखराज भण्डारी , सल्लाहकार समिति , संयोजक अमृत ज्ञवाली, नेपाल लोकसेवा मा. वि. का वि. व्य. स. अध्यक्ष दान बहादुर रायमाझी , सरस्वती माध्यमिक विद्यालय मध्यविन्दु १३ मैनाघाटका वि. व्य. स. का अध्यक्ष आजाद राजभण्डारी , चेतनशील आ.वि. का प्रधानाध्यापक कला ढकाल , बसन्त सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जस बहादुर मानन्धर , जनप्रतिभा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्र बहादुर ज्ञवाली , निजी वन महासंघका जिल्ला अध्यक्ष हुमनाथ पाण्डे , लक्ष्मी आदर्श आधारभूत विद्यालय अम्रसाका प्रधानाध्यापक ऋषिराम भुसाल लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान , असल बचत कर्ता सम्मान , असल ऋण परिचालक सम्मान , सामुदायिक विद्यालयबाट +२ उत्तीर्ण विद्यार्थी , एस. ई. ई. मा ३. २ जि पि ए प्राप्त गर्ने विद्यार्थी लगायतलाई सम्मान पनि गरिएको थियो । सम्मान कार्यक्रममा समय सुचक घड़ी , औषधिको रुपमा प्रयोग गरिने स्थानीय उत्पादित मह लगायत वितरण गरिएको थियो ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै बसन्त श्री वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद तिवारीले आफ्नो कार्यकालमा शेयर सदस्य संख्या १०८२ बाट वृद्धि गरी १७१७ पुरÞ्याईएको पनि जानकारी दिनुभयो । यस्तै शेयर पूंजी ५६ लाख ४९ हजार ५०० रुपैयाँबाट वृद्धि गरी ८३ लाख १६ हजार ८ सय पुरÞ्याईएको तथा वचत रकम पनि ३ करोड़ २४ लाख २९ हजार ९१६ रुपैयांबाट वृद्धि गरी ५ करोड़ ६८ लाख ४८ हजार २९८ रुपैयाँ एक पैसा पुगेको पनि अध्यक्ष तिवारीले जानकारी दिनुभयो । उहाँले आफ्नो कार्यकालमा भएका प्रमुख उपलब्धिको प्रस्तुति सहित आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि प्रस्तावित कार्यक्रमहरु राख्नु भएको थियो । अध्यक्ष कृष्ण प्रसाद तिवारीसहित सचिव उमाकलां ढुंगानाको सचिवको प्रतिवेदन , कोषाध्यक्ष रन बहादुर मल्लको आर्थिक प्रतिवेदन तथा प्रस्तावित वित्तीय लक्ष्य र लेखा समिति सदस्य रबिना पाण्डेको लेखा प्रतिवेदन ताली बजाएर सर्वसम्मत रुपमा पारित समेत भएको छ ।
उद्घाटन सत्रमा बसन्त श्री बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष धन बहादुर थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन संस्थाका सचिव उमाकला ढुंगानाले गर्नुभएको थियो ।
यसैबीच बसन्त श्री बचत तथा ऋण सहकारी संस्थाको छैठौ नेतृत्व चयन कार्यक्रमले पुनः कृष्ण प्रसाद तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । शनिबार नेपाल लोकसेवा मा. वि. मा भएको कार्यक्रममा नयाँ नेतृत्व चयन गरिएको हो । संस्थाको उपाध्यक्षमा धन बहादुर थापा कोषाध्यक्षमा ओम प्रकाश दवाड़ी सचिवमा उमाकला ढुंगाना सहसचिवमा ऋषिराम भुसाल सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक लेखराज भण्डारीले जानकारी दिनुभयो । सदस्यहरु समेत चयन भएको उहाँले बताउनुभयो ।
यस्तै लेखा संयोजकमा तेजराम सापकोटा चयन हुनुभएको छ । पुनः निर्वाचित अध्यक्ष तिवारीले सहकारीको नीति, नियम अनुसार र शेयर सदस्यको मनोभावना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । “यस अघिको कामको मूल्यांकन गरेर मलाई पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित (चयन ) गरेर जिम्मेवारी प्रदान गर्नुभएकोमा सम्पूर्ण शेयर सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दछु । “ तिवारीले भन्नुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस