मध्यविन्दुमा साइवर अपराध तथा सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

  • नवलपुर आज
  • २०८१ पौष ५, शुक्रबार (१ महिना अघि)
  • १७५ पटक पढिएको
मध्यविन्दुमा साइवर अपराध तथा सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

प्रकाश रेग्मी,  चोरमारा ।  मध्यविन्दु नगरपालिकामा साइवर अपराध तथा सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । मध्यविन्दु नगरपालिकाको आयोजनामा पालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, वडा अध्यक्ष , कार्यपालिका सदस्य, कर्मचारी ,विभिन्न सङ्घ संस्थाका प्रतिनिधि लगायतलाई सचेतना प्रदान गरिएको मध्यविन्दु नगरपालिकाका सूचना अधिकृत नरेश गुरुङले बताउनुभयो।

सङ्घसंस्थामा जिम्मेवारी सम्हाली कार्य गर्नेहरूलाई प्रविधिले थप जोखिम मोलेको छ । आफैले सोचेको र खोजेकै जस्तो सरल तरिकाले कार्य सम्पन्न गर्ने उपाय भेटाउने अपेक्षामा अनेक गलत साइटको प्रवेश गर्दा मानिसले दुख पाउने मात्रै नभई सारा डाटा समेत गुमाउन सक्ने भएकाले सचेत रहनका लागी कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताउनुभयो ।
कार्यक्रममा मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले प्रविधि बिना अब कुनै पनि व्यवसाय , सङ्घ संस्था तथा व्यक्ती छिटो अघि बढ्न नसक्ने बताउनुभयो । प्रविधिको प्रयोगले धेरै कार्यहरूको सहजतामा सहयोग पुगेको भएकाले यसको प्रयोग बढ्दै गएको छ ।
अहिले जति प्रविधिको आवश्यक छ उत्तिकै समस्या सिर्जना गरेको छ । अधिकारीले भन्नुभयो । अब यसको प्रयोगमा सतर्कता अपनाउनु अपनाउन नसके भोलिका दिनमा झन् खतरा हुन सक्ने उहाँको भनाइ थियो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नगर उप प्रमुख पूर्णकला चौधरीले प्रविधिको दुरुपयोगले सामाजिक सञ्चालनप्रति आलोचना बढेकोले कार्यक्रमले यसको प्रयोगमा सुधार ल्याउनेमा आशा बादी रहेको बताउनुभएको थियो ।

कार्यक्रममा सफ्टवेर इन्जिनियर डाक्टर रामहरि सुवेदीले साइवर अपराध तथा सुरक्षा सम्बन्धी जानकारी दिनुभएको थियो ।आफूले लामो समय अमेरिकामा साइबर अपराध तथा सुरक्षा सम्बन्धी पढेर सिकेका कुराहरू अरूलाई पनि सिकाउन सकियोस् भन्ने उद्देश्यका साथ यहाँ आएर सिकाएको बताउनुभयो । उहाँले फेसबुक ,टिकटक , कृत्रिम बौद्धिकता , मेलहरू कसरी सुरक्षित राख्ने रु , आफूले चलाउने मोबाइल फोन कसरी चलाउने रु कसरी सुरक्षामा राख्ने रु भन्ने कुराको उदाहरण सहित जानकारी दिनुभएको थियो । सबैलाई आफूले चलाउने मोबाइल, कम्प्युटर एक पटक किनिसकेपछि राम्ररी सुरक्षा गरेर चलाउन अनुरोध समेत गर्नुभएको थियो।
कार्यक्रम लिगे पछि आफूहरू जोखिमै जोखिममा प्रविधिको प्रयोग गरेको अनुभूति भएको ज्ञानोदय माध्यमिक विद्यालयमा मध्यविन्दु १५ का प्रधानाध्यापक टोक बहादुर सुनारी मगरले बताउनुभयो । अहिले हामीले प्रयोग गरेको सामाजिक सञ्जाल सुरक्षित छ जस्तो लाग्थ्यो तर रहेनछ अब सुधार गरेर सुरक्षित हुने गरी प्रयोग गर्ने पनि मगरले भन्नु भयो । कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस