नवलपुरको गैडाकोटमा एक जना पुरुषको शव फेला

नवलपुरको गैडाकोटमा एक जना पुरुषको शव फेला

कावासोती ।  नवलपुरको गैडाकोटमा एक जना पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार जिल्लाको नगरपालिका–१ थुम्सि नजिकै नारायणी नदीको भंगालोमा एक जना पुरुषको शव फेला परेको हो ।
नारायणी नदीको बीच भंगालोमा निलो रङ्गको टाउजर, टोपी र निलो रंगकै हुडी लगाएको मंगोलियन वर्णको , अन्दाजी ४० बर्षीय पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । मृतकको नाम, थर वतन खुल्न सकेको छैन ।
शवको पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस