मध्यविन्दु क्याम्पसमा न्यानो कपडा सङ्कलन गरिँदै , सहभागी हुन सबैमा अनुरोध

मध्यविन्दु क्याम्पसमा न्यानो कपडा सङ्कलन गरिँदै , सहभागी हुन सबैमा अनुरोध

कावासोती । अनेरास्ववियु मध्यविन्दु क्याम्पस कमिटीको आयोजनामा न्यानो कपडा सङ्कलनको सुरुवात कार्यक्रम भोलीबाट हुने भएको छ ।
सक्नेले नसक्नेलाई, हुनेले नहुनेलाई , पुग्नेले नपुग्नेलाई सहयोग गर्नु नै मानवता हो , भन्ने उद्देश्य सहित अनेरास्ववियु मध्यविन्दु क्याम्पस कमिटीको आयोजनामा चिसो र प्रतिकुल मौसममा जीवनयापन गर्न कठिनाइमा रहनुभएका सीमान्तकृत, अति विपन्न र निरपेक्ष अभावमा रहनुभएका व्यक्तिहरूको लागि न्यानो कपडा संकलन गरी वितरण गर्ने कार्यक्रम अन्तर्गत सङ्कलनको सुरुवात कावासोती तीन स्थित मध्यविन्दु बहुमुखी क्याम्पसको प्राङ्गणबाट गर्न लागिएको अनेरास्ववियु मध्यविन्दु क्याम्पस कमिटी अध्यक्ष मनीषा पौडेलले जानकारी दिनुभयो ।


भेलीबाट एक हप्तासम्म मध्यविन्दु बहुमुखी क्याम्पसको प्राङ्गणमा न्यानो कपडा संकलन अभियान सञ्चालन हुनेछ । क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा स्थानीयले समेत घरमा भएका पुनः प्रयोग गर्न मिल्ने वा सहयोग गर्न मन लागेको कुनै पनि लत्ताकपडा सङ्कलन केन्द्रमा उपलब्ध गराउन सकिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । बाहिरका स्थानीले न्यानो कपडा उपलब्ध गराउन चाहेमा सम्पर्क गरेर उपलब्ध गराउन सक्ने उहाँले बताउनुभयो । न्यानो कपडा उपलब्ध गराउँदा सफा र प्रयोग गर्न मिल्ने खालका मात्रै ल्याउनका लागि उहाँले सबैमा अनुरोध समेत गर्नुभएको छ । सङ्कलन भएका न्यानो कपडा जहाँ बढी आवश्यकता छ । त्यो निश्चित गरेर वितरण गरिने उहाँले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस