मध्यविन्दु नगरपालिकाद्धारा न्यानो कपडा तथा बेबी प्याक सामाग्री वितरण

  • नवलपुर आज
  • २०८१ पौष २, मंगलबार (१ महिना अघि)
  • १३७ पटक पढिएको
मध्यविन्दु नगरपालिकाद्धारा न्यानो कपडा तथा बेबी प्याक सामाग्री वितरण

प्रकाश रेग्मी , चोरमारा ।  मध्यविन्दु नगरपालिकाले दलित विपन्न परिवारलाई न्यानो कपडा तथा बालबालिकालाई बेबी प्याक सामाग्री वितरण गरेको छ । मध्यविन्दु १ सेतापानिका दलित विपन्न परिवारलाई लक्षित गरी वितरण गरिएको मध्यविन्दु नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । जाडो सामयमा  नागरिकहरूका लागी केही सहज होस भनी न्यानो कपडा वितरण गरिएको  हो   । हामी नियमित नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर विभिन्न कार्यक्रम गरिरहेको छौ अधिकारीले भन्नु भयो ।  १५० घर परिवारलाई न्यानो कपडा, ६७ जना लाई बेबी प्याक सामाग्री ४० जना विद्यार्थीलाई न्यानो कपडा र १२७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

खान बस्न गारो अवस्था भएको बस्तीमा नगरपालिकाको सहयोगले दलित समूह उत्साहित भएको स्थानीयको भनाई थियो । पारिवारिक अवस्था न्यून छ । दैनिकै चलाउन गारो अवस्था छ । जाडोमा रात कटाउन गारो भएका परिवारका लागी कार्यक्रम निकै महत्वपूर्ण भएको स्थानीय बताउदछन् । । नगरपालिकाले हाम्रो अवस्था बुझेर सहयोग गरेकोमा  स्थानियले नगर प्रमुखलाई धन्यवाद व्यक्त गरेका थिए।
यसरी आफ्नो वडामा नगरपालिकाको ध्यान गएर सामाग्री वितरण गर्न पाएकोमा वडा नम्बर १ का वडा अध्यक्ष तिलक राम न्यौपानेले खुसी व्यक्त गर्नु भएको थियो । साथै नगरपालिका टिमलाई धन्यवाद दिनुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस