कावासोती । कावासोती १६ डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताललाई हेमोटोलोजि प्रयोगशाला यन्त्र (रगतको समूह छुट्ट्याउने ) मेसिन हस्तान्तरण गरिएको छ ।
सोमबार एक कार्यक्रमका बिच उक्त मेसिन हस्तान्तरण गरिएको हो । हेल्थ टेक नेपालको सहयोगमा हेचर नेपालले उक्त हेमोटोलोजि प्रयोगशाला यन्त्र हस्तान्तरण गरेको हो । १५ लाख रुपैयाँ बराबरको यन्त्र हस्तान्तरण गरिएको कार्यक्रममा सहभागी तीर्थराज कँडेलले जानकारी दिनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरे , तथा समितिका सदस्यहरू , रामराज पण्डित , सहयोगी संस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा उक्त यन्त्र हस्तान्तरण गरिएको हो ।