नेपाल पत्रकार महासंघ नवलपुरको अध्यक्षमा तीन जनाको उमेद्धारी

  • नवलपुर आज
  • २०८१ मंसिर २६, बुधबार (१ महिना अघि)
  • १४९ पटक पढिएको
नेपाल पत्रकार महासंघ नवलपुरको अध्यक्षमा तीन जनाको उमेद्धारी

कावासोती  ।   नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व चयनका लागि आज मनोनयन दर्ता भएको छ ।  नेपाल पत्रकार महासङ्घमा नेपाल प्रेस  युनियन र प्रेस चौतारीले प्यानल बनाएर मतदानमा होमिएका छन् । प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनबाट श्रीराम सिग्देलको उमेद्धारी परेको छ । प्रेस युनियन र प्रेस चौतारीको गठबन्धन बनेपनि नवलपुरमा भने प्रेस युनियनको तर्फबाट बागी उमेद्धारका रुपमा अध्यक्ष पदमा घनश्याम बगालेले उमेद्धारी दिनुभएको छ भने , प्रेस सेन्टरका बोमलाल गिरीको पनि अध्यक्ष पदमा उमेद्धारी परेको छ ।
यसैगरी उपाध्यक्षमा शालिकराम कोइराला , र अग्नीधर लुइटेल , महिला उपाध्यक्षमा धनु भुसाल र शारदा झेडी ,  सचिवमा आशिस रेग्मी र विष्णु गौडेल  सहसचिवमा सञ्जय भट्राई  , समावेशी सह सचिवमा ज्ञानु पंगेनी र यम बहादुर सोमै , कोषाध्यक्षमा इतराज गुरुङले दिएका छन् ।
निर्वाचन कार्य तालिका अन्तरगत भोली बिहान आठ बजेसम्म उमेद्धार उपरको दाबी विरोध र भोली बिहान साढे नौ बजेभित्र उमेद्धारले नाम फिर्ता लिन सकिने छ । महासङ्घको मङ्सिर २८ गते देश भर एक साथ जिल्ला, प्रदेश र केन्द्रीय समितिको नयाँ समिति चयनका लागि निर्वाचन हुँदैछ । २८ गते बिहान १० बजेदेखि चार बजेसम्म  मतदान कार्यक्रम हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस