नेपाल पत्रकार महासङ्घ निर्वाचन : गण्डकीको टोली मत माग्न नवलपुरमा

नेपाल पत्रकार महासङ्घ निर्वाचन : गण्डकीको टोली मत माग्न नवलपुरमा

कावासोती  । नेपाल पत्रकार महासङ्घको मङ्सिर २८ गते देश भर एक साथ जिल्ला, प्रदेश र केन्द्रीय समितिको नयाँ समिति चयनका लागि निर्वाचन हुँदैछ ।
निर्वाचनमा आफ्नो पक्षमा मत माग्नका लागि गण्डकी प्रदेश पत्रकार महासङ्घमा
उमेद्धारी दिएका टोली नवलपुर आएको छ ।
केन्द्रीय समिति र प्रदेश समितिका लागि सत्ता साझेदार दल काँग्रेस र एमाले निकट पत्रकारहरूको एउटा प्यानल बनेको छ । भने काँग्रेसका विद्रोही उम्मेदवार सहित माओवादी केन्द्र लगायत साना दलहरू निकट पत्रकारहरूको अर्को गठबन्धन बनेको छ । सत्ता साझेदार दल काँग्रेस र एमाले निकट पत्रकारहरूको प्यानलमा अध्यक्षका उमेद्धार रमेश पौडेल सहितको टोलीले नवलपुरका पत्रकारहरूमाझ आफूहरूको एजेन्डा प्रस्तुत गर्दै मत मागेका छन् । पत्रकार र पत्रकार महासङ्घ संस्थाको हितमा काम गर्नका लागि आफूहरूको प्यानललाई मत दिएर विजयी बनाउन अध्यक्षका उमेद्धार रमेश पौडेलले अनुरोध गर्नुभयो । उहाँले आफूहरूको प्यानलबाट उमेद्धारी दिएका सबै सक्रिय रूपमा पत्रकारिता गरिरहेका र पत्रकारका पक्षमा काम गर्न सक्ने टिम रहेको भन्दै उहाँले पत्रकारका हरेक सुखदुख र अप्ठेरामा सदैव  साथमा उभिने प्रतिबद्धता जनाउनुभयो ।
यसै गरी काँग्रेसका विद्रोही उम्मेदवार सहित माओवादी केन्द्र लगायत साना दलहरू निकट पत्रकारहरूको अर्को गठबन्धनका  अध्यक्षका उमेद्धार गोविन्द सुवेदी सहितको टोली समेत नवलपुरमा आएर मत मागेको छ । क्रियाशील पत्रकाका साझा समस्याहरू समाधान गर्ने र महासङ्घको गरिमालाई उच्च बनाउनका लागि लाग्ने प्रतिबद्धता व्यक्त गर्दै गोविन्द सुवेदी प्यानलले आफ्नो पक्षमा मत मागेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस