पत्रकार पंगेनी सहित तीन जना पत्रकार, क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानीत

  • नवलपुर आज
  • २०८१ मंसिर २५, मंगलबार (७ महिना अघि)
  • १५३ पटक पढिएको
पत्रकार पंगेनी सहित तीन जना पत्रकार, क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानीत

कावासोती  ।  नेपाल पत्रकार महासङ्घ नवलपुरको आज भएको साधारण सभा तथा अधिवेशनमा रेडियो कावासोतीका संवाददाता ज्ञानु पंगेनी सहित तीन जना पत्रकार क्रियाशीलपत्रकारिता पुरस्कारबाट सम्मानीत भएका छन् ।सम्मानीत हुनेहरुलाई नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा , विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी , प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेल , देवचुली नगरपालिका वडा नम्बर ११ का अध्यक्ष तथा नगर प्रवक्ता तील प्रसाद पाठकले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेमा रेडियो कावासोतीका संवाददाता ज्ञानु पंगेनी , पत्रकार दीपक भट्टराई, र रमेश बस्ताकोटीलाई क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।

सम्मानपछि बोल्दै पत्रकार रमेश वस्ताकोटीले लामो समयको पत्रकारीता जीविनमा पहिलो पटक आफूलाई यस शाखाले सम्झेर सम्मान गरेको भन्दै यसबाट यस पेशाप्रति अझ बढी जिम्मेवार भएर काम गर्न प्रेरित गरेको बताउनुभयो ।

यस्तै पत्रकार महासङ्घको सदस्यता पाएर २० वर्ष पुरा गरेको पत्रकारहरू घनश्याम बगाले, श्रीराम सिग्देल, वीरेन्द्र पराजली, नारायण पंगेनी, प्रेमचन्द्र रौनियार, सालिकराम कोइरालालाई पनि सम्मान गरिएको छ ।
यस्तै, स्व. ढुण्डिराज, भीमकुमारी पोख्रेल क्रियाशील पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार इतराज गुरुङ असिफलाई प्रदान गरिएको छ । रेडियो सामर्थ्यका प्रबन्ध निर्देशक तथा सामर्थ्य साप्ताहिकका प्रकाशक सागर पोख्रेलद्वारा बुबा आमाको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरिएको हो ।

यस्तै कृष्णलाल पराजुली स्मृति पत्रकारिता पुरस्कार पत्रकार खगराज सापकोटालाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीले आफ्नो बुबाको स्मृतिमा पत्रकारिता  पुरस्कार निर्माण गर्नुभएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस