आत्मनिर्भर कृषि सहकारी संस्थाको सातौँँ साधारण सभा सम्पन्न

  • नवलपुर आज
  • २०८१ मंसिर २४, सोमबार (६ महिना अघि)
  • १८१ पटक पढिएको
आत्मनिर्भर कृषि सहकारी संस्थाको सातौँँ साधारण सभा सम्पन्न

प्रकाश रेग्मी , चोरमारा ।  आत्मनिर्भर कृषि सहकारी संस्था मध्यविन्दु ७ चोरमाराको सातौँँ साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम संस्थाको अध्यक्ष सीता पङ्गेनीको अध्यक्षता र नगर उप–प्रमुख पूर्णकला चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो ।  
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि पूर्णकला चौधरीले कृषि विकासमा पालिका निरन्तरता लागि परिरहेको बताउनु भएको थियो । अर्ग्यानिक उत्पादनमा जोड दिन अनुरोध गर्दै त्यसमा पालिकाले समेत सहयोग गर्ने प्रतिबद्ध जनाउनु भएको थियो । नगरपालिकाले धान काट्ने मेसिन , ट्याक्टर , हाते ट्याक्टर वितरण गर्दै आएको छ । त्यसलाई निरन्तरता दिने छौं । अहिले पनि मसला बाली , मकै , धान ,आलु लगायत विभिन्न तरकारी खेतीमा अनुदान उपलब्ध गराउँदै आएको बताउनुभयो ।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुदैं संस्थाकी अध्यक्ष सिता पङगेनिले “ हुने खानेलाई भन्दा हुँदा खानेलाई“ प्राथमिकतामा राखेर शेयर बिक्री गरिएको बताउनुभयो । साथै उहाँले ३६ जना कृषकलाई बन्धकी खेत लिन सहयोग उपलब्ध गराएको , पशुपालन तर्फ २४ जना कृषकलाई भैँसी पालनमा र ७५ जना कृषकलाई बाख्रा पालनमा र १५ जना कृषकलाई कृषि कार्यका लागि सहुलियत व्याज दरमा ऋण उपलब्ध गराएको जानकारी दिनुभयो ।त्यसै गरी नगरपालिकाको ५० प्रतिशत अनुदान र रेसम फिरिरि नेपालको ५० प्रतिशत अनुदानमा संस्थाले ट्याक्टर सेवा उपलब्ध गराएको बताउनु भयो ।
कार्यक्रममा संस्थाका सचिव तारा प्रसाद न्यौपाने , लेखा समिति संयोजक प्रदीप सुवेदीले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा सहकारी शाखा प्रमुख विष्णु शर्मा पौडेलले सबैले आफ्नो जिम्मेवारी बहन गरे सहकारीमा समस्या नहुने बताउँदै पालिका भित्रका सहकारी सँग डराउने अवस्थामा नरहेको बताउनु भयो ।

कार्यक्रममा रेसम फिरिरि नेपालका अध्यक्ष दिपक पङ्गेनीले आज भन्दा ७ वर्ष अघि आफ्नै नेतृत्वमा सहकारी संस्था खोलिएको स्मरण गर्दै आज संस्थाको प्रगति प्रति आफू खुसी भएको बताउनु भयो । रेसम फिरिरि नेपालले विद्याथीहरूको अभिभावकत्व ग्रहण गरेको र उहाँहरूलाई कृषि कार्यमा लाग्न सहकारीले भूमिका खेलेको उहाँले बताउनु भयो ।
कार्यक्रममा सहकारीले असल ऋणी ३ जनालाई सम्मान पत्र सहित एक एक वटा कोदालो दिएको थियो ।
कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष गणेश पाठक, कार्यपालिका सदस्य प्रकाश परियार , ७ का कार्यवहाक अध्यक्ष अर्जुन पुरी, सामुदायिक रेडियो दर्पण एफ एमका अध्यक्ष देवलाल, उद्योग वाणिज्य सङ्घ प्रदेश सदस्य केदार पराजुलीले मन्तव्य राख्दै कृषि सहकारीको मर्म पुरा गर्ने गरी सहकारीले काम गरिरहेकोमा खुसी व्यक्त गर्नुभयो । सहकारीले न्यून आय स्तकको नागरिकहरूलाई बचत किन गर्ने भन्ने ज्ञान दिन सकेको बताउनुभएको थियो ।
कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष लाभ प्रसाद पाठक, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, सामाजिक राजनीतिक तथा शिक्षा प्रेमीहरूको उपस्थिति रहेको थियो । संस्थाका उपाध्यक्ष प्रकाश चन्द्र बस्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कृषि कुमार पङ्गेनीले गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस