वेदान्त सन्त सम्मेलन एवम् शतचण्डी धन धान्याचल ज्ञान महायज्ञ भोलीबाट सुरु हुँदै , तयारी पुरा

वेदान्त सन्त सम्मेलन एवम् शतचण्डी धन धान्याचल ज्ञान महायज्ञ भोलीबाट सुरु हुँदै , तयारी पुरा

कावासोती  । नवलपुरको देवचुली – १५ प्रतिनगरमा रहेको पशुपति वैदिक आश्रम तथा पशुपति साङगवेद आवासीय माध्यामिक विद्यालयमा भोलीबाट सुरु हुन लागेको तृतीय अखिल नेपाल देशीय वेदान्त सन्त सम्मेलन एवम् शतचण्डी धन धान्याचल ज्ञान महायज्ञको तयारी पुरा भएको छ ।
कार्यक्रम स्थलमा आज पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जानकारी गराइएको हो ।
मङ्सिर ३० गतेसम्म आयोजना हुने तृतीय अखिल नेपाल देशीय वेदान्त सन्त सम्मेलन एवं सतचण्डी धनधान्यचल ज्ञान महायज्ञ सञ्चालन गर्न आवश्यक पर्ने सबै निर्माणका कार्य सम्पन्न भएको छ ।
यहाँ पढ्ने विद्यार्थी बटुकको शिक्षा–दीक्षा, भोजन, आवास व्यवस्थापनका साथै मठ, मन्दिर, गौशाला लगायत पञ्चशाला मर्मत–सम्भार, संरक्षण, सम्वद्र्धन गर्न र सनातन हिन्दु धर्मको जगेर्ना, धर्मप्रतिको जागरण तथा मानव कल्याणका लागि उहाँ ज्ञान महायज्ञ आयोजना गरिएको पत्रकार सम्मेलनमा पीठाधिश्वर श्री १००८ स्वामी स्वरुपानन्द सरस्वती ज्यू महाराजले जानकारी दिनुभयो । वेदान्त सम्मेलनमा कुनै पनि धर्म नछुट्याउने बताउँदै यो ज्ञान यज्ञ मानव कल्याणका लागि रहेको बताउनुभयो । यज्ञमा नेपालकै विभिन्न पीठका सन्त महन्तहरूको आगमन हुने बताउनुभयो । वेदसङ सम्बन्धित ज्ञान बाँड्नका लागि सन्तहरूले प्रवचन गर्ने उहाँले बताउनुभयो ।
यसै गरी यस यज्ञको मुख्य उद्देश्य भनेकै साधु सन्तहरूबाट ज्ञान दिने रहेको सहिता शास्त्री पशुपति वैदिक आश्रम संरक्षक एवम् अध्यक्ष अर्जुन प्रसाद बास्तोलाले बताउनुभयो ।
ज्ञान महायज्ञ अवधिभर दैनिक पुजा अर्चना , हवन , सन्त प्रवचन , सतचण्डी पाठ पारायण , तुला दान , लक्ष वर्ती दीप प्रज्वलन लगायतका कार्यक्रम हुने यज्ञ सम्पादन मूल समितिका सचिव होमनाथ जैशीले जानकारी दिनुभयो । उहाँले आर्थिक सहयोग संंकलनका लागि मात्रै नभई वेदान्तको माध्यमबाट ज्ञानसङ जोड्नका लागि पनि यो कार्यक्रम गर्दै आएको बताउनुभयो । यहाँ धेरै भन्दा धेरै भक्तजनहरूको आगमन होस भन्ने उद्देश्यले यज्ञ आयोजना गरेको बताउनुभयो । आफूहरूले कोही कसैसँग आर्थिक सहयोग नमागेको तर विभिन्न समाजसेवी , स्थानीय तथा संघसंस्थाहरुले स्वइच्छाले सहयोग गरेकाले तीन वर्षसम्म यज्ञ सञ्चालन गर्दा पनि कोही कसैसँग ऋण मागेर गर्न नपरेको उहाँको भनाई छ ।
पत्रकार सम्मेलनमा बोल्दै यज्ञ सम्पादन मूल समिति संयोजक उद्योग बहादुर श्रेष्ठले आश्रममा रहेका संरचनाहरु कसरी राम्रो बनाउन सकिन्छ ? बटुकहरूको पठनपाठन राम्रो बनाउनुका साथै विभिन्न सेवा सुविधाहरू गर्नका लागि पनि वेदान्त सम्मेलन सञ्चालन गर्न लागेको बताउनुभयो ।
यहाँ अहिले ७० जना बटुक विद्यार्थीहरूले आवास सहित अध्ययन गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस