महिलाहरुका लागि निःशुल्क सञ्चालन गरेको लोकसेवाको तयारी कक्षा सकियो

महिलाहरुका लागि निःशुल्क सञ्चालन गरेको लोकसेवाको तयारी कक्षा सकियो

नवलपुर ।  सामाजिक विकास कार्यालय नवलपुरले लोकसेवा तयारीका लागि महिलाहरूलाई निःशुल्क रूपमा सञ्चालन गरेको तयारी कक्षा आज सकिएको छ ।
कावासोती आठमा रहेको मनकामना सभा हलमा आज एक औपचारिक कार्यक्रम गरी समापन गरिएको छ ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो । मंसिर चार गतेदेखि सुरु भएको कक्षा २० औँ दिनका दिन आज सकिएको हो ।
कक्षामा जिल्लाभरका ४० जना महिलाहरूको सहभागिता रहको थियो । क्याम्पस र उच्च माध्यमिक तहमा अध्ययन गरिरहेका महिला तयारी कक्षामा सहभागी भएका थिए ।
प्राविधिकतर्फको प्रशासन सहायक (चौथो) तहको परीक्षाका लागि तयारी कक्षा सञ्चालन गरिएको र तीन सिफ्ट गरी प्रत्येक दिन चार घण्टाका दरले तयारी कक्षा सञ्चालन गरिएको सामाजिक विकास कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेलले बताउनुभयो । महिलालाई निजामती सेवाप्रति आकर्षित गर्न साथै उच्च शिक्षा र रोजगारीका लागि विदेशिने क्रम बढेपछि जिल्लाको शैक्षिक संस्था, सार्वजनिक सेवा र निजी क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव नहोस् भन्ने उद्देश्यले २० दिनका लागि तयारी कक्षा सञ्चालन गरिएको कार्यालय प्रमुख कृष्ण पौडेलले बताउनुभयो ।
समापन कार्यक्रममा सहभागीहरूलाई प्रमुख अतिथि बाबुराम विश्वकर्माले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस