लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान : कावासोतीमा खुला महिला दौड प्रतियोगिता

  • नवलपुर आज
  • २०८१ मंसिर २२, शनिबार (२ महिना अघि)
  • ११५ पटक पढिएको
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान : कावासोतीमा खुला महिला दौड प्रतियोगिता

कावासोती । गण्डकी प्रदेशका कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले महिलालाई खेलकुदका क्षेत्रमा प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत कावासोती नगरपालिकाको आयोजनामा, भएको खुला महिला दौड प्रतियोगिताको उद्घनटनमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
यसैगरी मन्त्री पदमा जिसी श्रेष्ठले लैंगिक हिंसा अन्त्यका लागि घरबाटै अभियान शुरु गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरु पनि पुरुष सरह कुनै पनि कार्यक्रममा सहभागी हुन सक्छन भन्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गर्नु स्राहनीय भएको उहाँले बताउनुभयो ।
कार्यक्रमको सफलताको कामना गर्दै प्रदेश सभा सदस्य बिन्दु पौडेलले महिलाहरुले अवसर पाए गर्न सक्छ्न भन्ने प्रमाणित भएको बताउनुभयो ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत कावासोती नगरपालिकाको आयोजना तथा जागृति बाल तथा युवा सरोकार नेपाल, जिल्ला खेलकुद विकास समिति नवलपुर र डायमण्ड युथ सोसाइटीको समन्वय र सहकार्यमा खुला महिला दौड गरिएको हो ।
कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसालको अध्यक्षतामा भएको उदघाटन समारोहमा गण्डकी प्रदेशका कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कावासोती नगरपालिकाका उप प्रमुख फुलकुमारी थनेत, प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुन, वडा अध्यक्षहरु, नगर खेलकुद विकास समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
दौड प्रतियोगितामा लक्ष्मी डाँगी प्रथम, गंगा गिरी द्वितीय, मिना बस्याल तृतीय, दोलमाया महतो सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए । त्यसै गरि सावित्रा थापा, भगवती रामजाली मगर, दिलमाया घर्ती, स्नेहा भण्डारी, समीक्षा कुमाल र ओमकला महतो दशौं भित्र दौड पूरा गरेका थिए । प्रतियोगिताका बिजेताहरुसँगै दशौं स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको नगर खेलकुद समितिका संयोजक तथा कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो । दौडमा ३० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस