कावासोती । संस्थागत विद्यालयहरूको छाता सङ्गठन प्याब्सन नवलपुरको आयोजनामा जिल्ला स्तरीय हिज्जे र बुद्धिचाल प्रतियोगिता कावासोती–८ स्थित नोबल एकेडेमीमा शुक्रवार सम्पन्न भएको छ ।
प्राथमिक तह अङ्ग्रेजी हिज्जे प्रतियोगितामा हुप्सेकोटको अर्पण आवासीय मा। वि। झ्यालबास प्रथम भएको छ । भने माध्यामिक तह बुद्धिचाल प्रतियोगितामा कन्टिनेन्टल आवासीय मा वि गैँडाकोट प्रथम हुन सफल भएको छ ।
यसै गरी प्राथमिक तह अङ्ग्रेजी हिज्जे प्रतियोगितामा बालविकास आवासीय मावि गैँडाकोट द्धित्तिय र विश्वज्योती आवासीय मा। वि। देवचुली तृतीय हुन सफल भएका छन् । यसै गरी माध्यामिक तह बुद्धिचाल प्रतियोगितामा ओएसिस एकेडेमी रजहर द्धित्तिय र अमर इङ्लिस आवासीय मा।वि। रजहरले तृतीय स्थान हासिल गरेको प्याब्सन वरिष्ठ जिल्ला उपाध्यक्ष भीमलाल कँडेलले जानकारी दिनुभयो ।
पालिका तहमा प्रतियोगिता गरी प्रथम र द्धित्तिय हुन सफल विद्यालयहरुविच जिल्ला स्तरीय फाइनल प्रतिस्पर्धा भएको कँडेलले बताउनुभयो । प्रतियोगितामा जिल्लाका गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु, विनयी त्रिवेणी र हुप्सेकोटबाट गरी २४ विद्यालयहरूको सहभागिता रहेको थियो ।
प्याब्सन नवलपुरका अध्यक्ष दिपक रावतको अध्यक्षता एवं प्याब्सन गण्डकी प्रदेशका कार्यबाहक अध्यक्ष प्रकाश खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
उपाध्यक्ष डा। प्रदिप बास्तोलाले बिषय प्रबेश गराउनुभएको कार्यक्रममा प्याब्सन वरिष्ठ जिल्ला उपाध्यक्ष भीमलाल कँडेलले स्वागत मन्तब्य राख्नुभएको थियो । भने प्याब्सन नवलपुरका सचिव कान्तामणी चौधरीले सहजीकरण गर्नुभएको थियो ।