सांस्कृतिक सम्पदा संरक्षणका लागि सक्षम नेतृत्व आवश्यक छ – सांसद गाहा

सांस्कृतिक सम्पदा संरक्षणका लागि सक्षम नेतृत्व आवश्यक छ – सांसद गाहा

नवलपुर ।  गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले आदिवासी जनजाति समुदायको कला सांस्कृतिक सम्पदा संरक्षण गर्न र आवश्यक योजना निर्माण गरेर सफल पार्न सक्षम नेतृत्व आवश्यक पर्नेमा जोड दिनुभएको छ ।
आदिवासी जनजाति आयोगको आयोजना तथा  र जिल्ला समन्वय समिति नवलपुरको समन्वयमा कावासोतीमा आज आयोजना भएको अमुर्त सांस्कृतिक सम्पदा संरक्षणमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रियात्मक गोष्ठीमा प्रमुख अतिथिको रूपमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले आदिवासी जनजातिका कला, सांस्कृतिक , सम्पदाको संरक्षण तथा  सम्बद्र्धन गर्न भनी विभिन्न आदिवासी जनजातिका संघसंस्थाहरुको नेतृत्व गरेकाहरूले सही योजना र आवाज बुलन्द पार्न आवश्यक रहेको बताउनुभयो । आदिवासी जनजातिको अधिकार र संस्कृति संरक्षणका सवालमा कुनै पनि राजनैतिक पार्टी भन्दा माथि उठेर सही नेतृत्व र सही निर्णय गर्न सक्ने व्यक्तिको छनोट गर्नुपर्नेमा उहाँको जोड थियो । सही नेतृत्वबाट नै आदिवासी जनजातिका मुद्धाहरु किनारा लाग्ने र अधिकार स्थापित गर्न सकिने उहाँले बताउनुभयो ।
यसै गरी उहाँले आदिवासी जनजातिको अधिकार र कला , सांस्कृतिक सम्पदा संरक्षणका लागि संविधान र नीति नियम बने पनि कार्यान्वयन फितलो हुँदा स्थापित गर्न नसकिएको जिकिर गर्नुभयो । स्थानीय तहले ऐन निर्माण गरेर आदिवासी जनजातिहरूको संस्कृति संरक्षण गर्न सक्ने भन्दै उहाँले  स्थानीय सरकारले चाहेमा असम्भव नरहेको भन्दै  यसका लागि आदिवासीहरूका अगुवाहरूले एकजुट भएर आवाज बुलन्द पार्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले स्थानीय तहले राम्रो भूमिका खेल्न सकेमा आदिवासी जनजातिहरूको अर्मुत कला सांस्कृतिक सम्पदाहरूको संरक्षणमा टेवा पुग्ने बताउनुभयो । उहाँले नीतिगत निर्णय गरेरै जान सकेमा मात्रै आदिवासी जनजातिहरूको कला, सांस्कृतिक सम्पदाहरूको संरक्षण हुने बताउनुभयो ।
कार्यक्रममा आदिवासी जनजातिहरूका विभिन्न सङ्घसंस्थाहरूका प्रतिनिधिहरूले बोल्दै यस प्रकारको कार्यक्रमलाई जिल्ला केन्द्रित भन्दा पनि वडा र पालिका केन्द्रित गर्न सकेमा मात्रै प्रभावकारी हुने सुझाव राखेका थिए । आदिवासी जनजातिका कला ,सांस्कृतिक सम्पदाहरू , संस्कृतिहरूको बारेमा स्थानीय पाठ्यक्रममा नै समावेश गर्नुपर्ने बताएका थिए भने आदिवासी जनजातिका कार्यक्रमहरूलाई पालिकाहरूबाट बेवास्ता हुने गरेको गुनासो समेत व्यक्त गरेका थिए । यस्तै नवलपुरमा रहेका बोटे माझी मुसहर समुदायको कला संस्कृत नदीमा आश्रित भएको हुँदा सरकारले नै नदीमा जान बन्देज लगाएको अवस्थामा संरक्षण कसरी गर्न सकिन्छ भनेर प्रश्न समेत गरेका थिए । नेपाल आदिवासी जनजाति महासङ्घ नवलपुरका अध्यक्ष राम कुमार श्रेष्ठ , पूर्व अध्यक्ष राम ब्लोन , इन्द्र फाल मगर , ज्ञान बहादुर बोटे लगायतका अगुवाहरूले आफ्ना सुझाव तथा जिज्ञासाहरू राख्नुभएको थियो ।
कार्यक्रममा अर्मुत सांस्कृतिक सम्पदा संरक्षणमा स्थानीय तहको भूमिकाको बारेमा आदिवासी जनजाति आयोगका सदस्य डाक्टर मीन श्रीसले प्रस्तुतीकरण गर्नुभएको थियो । स्थानीय तहबाट , समुदाय, समूह र व्यक्तिहरूको सहभागिता र सहमतिमा गर्न सकिने संरक्षणका उपायहरूमा पहिचान    सूचीकरण ,दस्ताबेजीकरण    अनुसन्धान  , पुनरुत्थान  , जनचेतना  पुस्तान्तरण लगायतका कार्य गर्न सकिने बताउनुभयो ।
यसै गरी कार्यक्रममा आदिवासी जनजाति आयोगका उपसचिव टेक प्रसाद पुलामीले आफ्नो प्रस्तुति राख्दै सांस्कृतिक सम्पदाको अर्थ, भौतिक वा मूर्त सांस्कृतिक सम्पदाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अभौतिक वा अर्मुत सांस्कृतिक सम्पदा भन्नाले प्रचलन, प्रतिनिधित्व, अभिव्यक्ति, ज्ञान, सीप साथै साधन वस्तु, कलावस्तु र त्यससँग जोडिएका सांस्कृतिक स्थलहरू जसलाई समुदाय, समूह तथा कतिपय अवस्थामा व्यक्तिले समेत सांस्कृतिक अङ्गको रूपमा पहिचान प्राप्त गरिरहेका सम्पदाहरू रहेको जानकारी दिनुभयो । उहाँले यस्ता सम्पदाहरूको संरक्षणका लागि समुदाय, समूह र सम्बन्धित व्यक्तिहरूको अभौतिक सांस्कृतिक सम्पदाको सम्मानलाई सुनिश्चित गर्न सकिने , यसको महत्वको बारेमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा सचेतना अभिवृद्धि गर्नु पर्ने अनौपचारिक शिक्षाको माध्यमबाट पुस्तान्तरण गर्न सकिने , औपचारिक शिक्षाको माध्यमबाट पुस्तान्तरण (विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरेर) र सांस्कृतिक सम्पदा गाउँ तथा खुल्ला−जीवन्त सङ्ग्रहालय निर्माण लगायतका  क्रियाकलापहरू अवलम्बन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी जितेन्द्रजंग केसीले समन्वय कार्यालयबाट संस्कृति संरक्षणमा भए गरेका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले समन्वय कार्यालयलाई यस्ता कार्यक्रमका लागि बजेट योजना नहुने हुँदा आफ्नो कार्य क्षेत्रभन्दा बाहिर भएको पनि संस्कृति संरक्षण सबैको साझा दायित्व हुने भएकाले जिजसले विभिन्न क्रियाकलापहरू ऋाफ्नै पहलमा गरेको बताउनुभयो । जस अन्तरगत भजन कीर्तन सामग्री हस्तान्तरण , पञ्चेबाजा समूहलाई पोसाक , मारुनी नाचलाई वाद्यवादनका सामग्री हस्तान्तरण  लगायतका कार्यक्रम गरेको बताउनुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपप्रमुख शकुन्तला लम्सालले आदिवासी जनजातिहरूको कला संस्कृति संरक्षणमा पालिकाहरूबाट बजेट नीति योजनाहरू बनाएर काम गर्नुपर्ने बताउनुभयो । वडा तथा पालिकाहरूले भौतिक निर्माणका कामलाई मात्रै विकास मान्ने र जनताले पनि सोही योजनाहरू मग गर्ने , कला, संस्कृति संरक्षण र सामाजिक विकासका लागि योजना नै नबनाउने परिपाटीका कारण कला संस्कृति र सम्पदाको विषय ओझेलमा पर्ने गरेको  उहाँले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस