कावासोती । नवलपुरको कावासोतीमा आज बिहान भएको सवारी दुर्घटनामा परेर तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार आज .११ः४० बजेको समयमा कावासोती .८ सन्राईज बैंक स्थित पूर्व पश्चिम राजमार्गमा डण्डा देखी कावासोती तर्फ आउदै गरेको लु ५९ प ६८१ न.को मोटरसाइकलले बाटो क्रस गर्न लागेको गण्डकी प्रदेश ०४–००१ प ३२१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।
घाईते हुनेमा गण्डकी प्रदेश ०४–००१ प ३२१७ न.मोटरसाइकल चालक पर्सा घर भई हाल देवचुली .३ वस्ने वर्ष–२२ को अर्मान अन्सारी टाउको र दाहिने खुट्टामा चोट लागेको र भरतपुर पठाइएको छ । यस्तै सोही मोटरसाइकल पछाडी सवार देवचुली ३ बस्ने बालकृष्ण पाठकको छोरी वर्ष–४ की समृना पाठक रहेकी छन् र उनको अहिले कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भईरहेको छ । भने लु ५९ प ६८१ न.को मोटरसाइकल चालक कावासो १४ झोझाड वस्ने वर्ष–२० को बिवस थापा रहेको प्रहरीले जनाएको छ । उनको हात खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको छ