अनेमसङ्घ कावासोतीको अध्यक्षमा कान्ती गिरी

अनेमसङ्घ कावासोतीको अध्यक्षमा कान्ती गिरी

कावासोती । अखिल नेपाल महिला सङ्घ कावासोती नगर कमिटीको शुक्रवार सम्पन्न चोथौँ सम्मेलनले कान्ति गिरीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
जसको उपाध्यक्षमा शान्ति अधिकारी , सचिवमा टिका कुमारी न्यौपाने , सह सचिवमा सर्वदा सिग्देल र कोषाध्यक्षमा देव कुमारी गुरुङ चयन हुनुभएको छ ।
मुक्ति समाजतर्फ सीता विक , सुमित्रा नेपाली , जनजातितर्फ सुशीला श्रेष्ठ कन्या कुमारी महतो । युवा तर्फ नौमाया विक चयन हुनुभएको छ ।
यसै गरी भूगोलतर्फ , वडातर्फ एकबाट अनुपा श्रेष्ठ , दुईबाट यशोदा रिजाली तीनबाट गायत्री देवी पौडेल , चारबाट पदमा खनाल , पाँचबाट कुन्तिका श्रेष्ठ , छबाट सीता कँडेल चयन हुनुभएको छ भने , सातबाट टिका कुमारी भुसाल , आठबाट भवानी बस्याल , नौबाट गीतामाया अधिकारी , दशबाट भुवन खजुवार , एघारबाट सावित्री थनेत चौधबाट मुना सिग्देल , सोह्रबाट नन्दकला सिग्देल र १७ बाट रेनुका विक चयन हुनुभएको छ ।
सम्मेलनको उद्घाटनशत्र कावासोती तीनमा रहेको सिद्धार्थ आवासीय माविको सभा हलमा भएको थियो । नगर सम्मेलनको उद्घाटन शत्र अखिल नेपाल महिला सङ्घ नगर अध्यक्ष धना भन्तनाको अध्यक्षता तथा अखिल नेपाल महिला सङ्घ केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सीता पङ्गेनीको प्रमुख आतिथ्ययतामा भएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै पङ्गेनीले देश परिवर्तनका लागि अधिकार सुनिश्चित गर्न आफै अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले महिलाहरू जबसम्म सङ्गठनमा रहदैनन तबसम्म सशक्त हुन नसकिने र समाज र देशका लागि गर्नुपर्ने काम समेत गर्न नसकिने बताउनुभयो । उहाँले अनेमसंघमा आबद्ध भई आफ्नो हक अधिकार स्थापित गर्न , समाज र देशको परिवर्तन गर्न महिलाहरू अग्रसर भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य तथा गण्डकी प्रदेश भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जि सी श्रेष्ठले अधिकारहरू प्राप्त गरिसके पनि अझै बाँकी अधिकारकारका लागि महिलाहरूको धेरै सङ्गठित भएर आफ्नो आवाज बुलन्द गर्नुपर्ने बताउनुभयो । उहाँले अनेमसंघ पार्टीलाई बलियो बनाउनका लागि सधैँ अब्बल रूपमा प्रस्तुत गर्दै आएको बताउनुभयो ।

यस्तै कार्यक्रमको प्रमुख वक्ताका रूपमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा अखिल नेपाल महिला सङ्घ केन्द्रीय पूर्व महासचिव सुजिता शाक्यले अनेमसंघमा आबद्ध ममिलाहरुलाई मार्ग निर्देशन गर्नुभएको थियो । उहाँले महिलाहरूले धेरै चुनौतीका बाबजुद पनि पार्टी र अनेमसंघको सङ्गठनमा बसेर परिवर्तनका लागि सशक्त रूपमा प्रस्तुत हुँदै आएको बताउनुभयो । उहाँले महिलाहरू सशक्त बन्नका लागि कुनै न कुनै आयआर्जनमा जोडिएर आर्थिक रूपमा बलियो बन्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य कृष्ण पौडेलले मुलुक बनाउने भनेकै राजनीति भएको हुँदा राजनीति राम्रो बनाउनका लागि राजनीतिक संघसंगठनहरुले नै भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । समुदाय र देश परिवर्तन गर्ने भनेकै राजनीति भएकाले राजनीति बिग्रन नहुने उहाँको भनाई थियो । राजनीति राम्रो बनाउनका लागि अखिल नेपाल महिला सङ्घमा आबद्ध महिला सदस्यहरुको भूमिका अहम् हुने उहाँको जोड थियो ।
यसैगरी अखिल नेपाल महिला सङ्घ केन्द्रीय सदस्य सीता खड्काले महिलाहरूको नेतृत्वदायी भूमिकामा मजबुत भएर उभिनका लागि आर्थिक सशक्तीकरण महत्वपूर्ण रहेको भन्दै आर्थिक आयआर्जनमा जोडिन सबै महिलाहरूमा आग्रह गर्नुभएको थियो ।
यसैगरी जिल्ला समन्वय समिति सदस्य बाबुराम विश्वकर्माले सबै प्रकारका विभेदको अन्त्य गर्नका लागि अनेमसंघले प्रभावकारी ढङ्गले समाज रूपान्तरणका काम गर्न सुझाव दिनुभयो ।
यस्तै अनेमसंघ गण्डकी प्रदेश उपाध्यक्ष पार्वता तिवारीले अनेमसंघ पार्टीको २३ वटा जनसङ्गठन मध्ये सबैभन्दा बलियो सङ्गठन रहेको बताउनुभयो । उहाँले अनेमसंघले पार्टी सङ्गठन विस्तार र निर्वाचनमा एमालेका उमेद्धार विजयी बनाउने काममा ठूलो योगदान दिएको भन्दै महिलाहरूलाई अब उपमा मात्रै होइन प्रमुखमा रहेर काम गर्ने वातावरण बनाउन पार्टीप्रति लक्षित गर्दै धारणा राख्नुभयो ।
यसै गरी अनेमसंघ जिल्ला अध्यक्ष कोपिला पौडेलले लङैगिक हिंसा विरुद्धको १६ दिने अभियानकै क्रममा अनेमसंघले सम्मेलनको कार्यक्रम आयोजना गरेर अभियान मनाइरहेको बताउनुभयो । उहाँले कावासोती सहित जिल्लाको ६ वटा पालिकामा अनेमसंघको पालिका सम्मेलन सकिने र दुई वटा पहाडी पालिका मात्रै बाँकी रहने जानकारी गराउनुभएको थियो । ती दुई पालिका बौदीकाली र बुलिङगटारमा समेत यसै मङ्सिर महिनामै सम्पन्न गर्ने बताउनुभयो ।
कार्यक्रममा अनेमसंघ प्रदेश सदस्य सरिता लामिछाने , पार्टी प्रदेश कमिटी सदस्य गोमा नेपाली , पार्टी जिल्ला कमिटी अध्यक्ष जीवन श्रेष्ठ , जिल्ला कमिटी सचिव भिमलाल कँडेल , जिल्ला कमिटी सदस्य भोजराज दाहाल , रामकृष्ण ढुङ्गाना , अनेमसंघ जिल्ला कमिटी कोषाध्यक्ष कलादेवी दाहाल , पार्टी कावासोती नगर कमिटी अध्यक्ष राजेन्द्र पाण्डे लगायत पार्टीका विभिन्न जन वर्गीय सङ्गठन तथा अनेमसंघ जिल्ला कमिटीका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस