मध्यविन्दमा अनुशिक्षण कार्यक्रम

  • नवलपुर आज
  • २०८१ मंसिर ११, मंगलबार (६ महिना अघि)
  • १५९ पटक पढिएको
मध्यविन्दमा अनुशिक्षण कार्यक्रम

प्रकाश रेग्मी , मध्यविन्दु । मध्यविन्दु नगरपालिकामा टोल विकास संस्था उपभोक्ता समितिका पदाधिकारीहरूका लागी अनुशिक्षण कार्यक्रम सुरु गरिएको छ ।

सोमबार मध्यविन्दु १ देखि ५ सम्मका वडा भित्रका टोल विकास संस्थाका पदाधिकारीहरूका लागी तालिम दिइएको मध्यविन्दु नगरपालिका योजना तथा प्रशासन शाखा प्रमुख भोला शर्मा पौडेलले जानकारी दिनु भयो । १२ र १३ गते गरी पालिकाको सबै टोल विकास समितिका पदाधिकारीहरू अनुशिक्षण गरिने उहाँले बताउनुभयो । अहिले पहिलो चरणमा तालिम सुरु गरिएको हो ।

टोल कस्तो बनाउने , कता लैजाने र के गर्ने भन्ने कुरमा टोल विकास समितिको भूमिका महत्वपूर्ण हुने नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । अब नगरपालिकाले दिएको भौतिक पूर्वाधार योजना निर्माणमा मात्र नभई नयाँ योजना निर्माणमा समेत टोल विकास समिति लाग्नु पर्ने अधिकारीले बताउनुभएको थियो ।

टोल विकास संस्थालाई परिचालन गर्न पालिका सकारात्मक भएको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो । नगरपालिकाले अहिले सरसफाइ तथा फोहर मैला व्यवस्थापनलाई विशेष महत्वका साथ अघि बढाइ रहेको छ । यस कार्यलाई सफल बनाउन टोल विकास संस्थाको पनि उत्तिकै महत्पुण भूमिका रहेको पाइन्छ ।

विगतका वर्ष देखि नै हामीले यस कार्यक्रमलाई प्राथमिकता दिँदै सञ्चालन गर्दै आइरहेका छौँ । तर पनि केही केही क्षेत्रमा काम बिग्रिएको भेटिएको अनुगमन संयोजक समेत रहनुभएकी नगर उप प्रमुख पूर्णकला चौधरीले बताउनुभयो । नजानेका र नबुझेको समयमा प्राविधिकहरूसँग सल्लाह तथा सहकार्य गर्न अनुरोध गर्दै कार्यक्रम फलदायी रहनेमा बिशवस्त रहेको बताउनुभयो ।

कार्यक्रममा योजना तथा प्रशासन शाखा प्रमुख भोला शर्माले २०८१ सालको कार्यविधि , योजना सम्झौता प्रक्रिया, भुक्तानी प्रक्रिया बारे प्रशिक्षण गर्नु भएको थियो । त्यसै गरी इन्जिनियर माधव देवकोटाले उपभोक्ता समितिको निर्माण सम्बन्धी व्यवस्था, कानुनी व्यवस्था, दररेट, लागत अनुमान तयार , गुणस्तर नियन्त्रण सम्बन्धी प्रशिक्षण गर्नु भएको थियो । कार्यक्रममा घर नक्सा पास सम्बन्धी इन्जिनियर विवेक पोखरेलले अभिमुखीकरण गर्नु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस