नवलपुरका इलेक्ट्रोनिक्स व्यवसायी संगठित , पराजुली बनें अध्यक्ष

  • नवलपुर आज
  • २०८१ मंसिर ७, शुक्रबार (२ महिना अघि)
  • १२७ पटक पढिएको
नवलपुरका इलेक्ट्रोनिक्स व्यवसायी संगठित , पराजुली बनें अध्यक्ष

कावासोती । नवलपुर जिल्लाका ईलेक्ट्रोनिक्स व्यवसायीहरु संगठित भएका छन् ।

कावासोतीमा एक भेलाको आयोजना गर्दै उनिहरुले व्यवसायिक हकहित संरक्षण र व्यवसायीहरु बीच एकमत ल्याउन संगठित भएको बताएका छन् ।
भेलाले जगन्नाथ पराजुलीको अध्यक्षतामा ७ सदस्यीय जिल्ला तदर्थ समिती गठन गरेको छ । समितिको उपाध्यक्षमा अजय श्रेष्ठ , सचिबमा गोविन्दमान श्रेष्ठ , कोषाध्यक्षमा मा हिमाल पान्डे चयन भएका छन् । यसै गरि भेलाले ईश्वरराज गुरौं , मदन थापा र गोविन्द पाण्डेलाई सदस्यमा चयन गरेको छ ।
समिती चयन पछिको भेलालाई संबोधन गर्दै अध्यक्ष जगन्नाथ पराजुलीले जिल्लामा ईलेक्ट्रोनिक्स व्यवसायीहरुमा एकरुपता ल्याउन आफुहरु संगठित भएको बताए । ू ब्यवसायीहरुको हकहितका लागि पनि संगठित हुन जरुरी थियो , सबै एकजुट हुँदा सहज हुन्छ भनेर संगठित भएका हौं ।ू अध्यक्ष पराजुलीले भन्नुभयो । उहाँले अब जिल्लामा सबै व्यवसायीहरु बिच एकरुपता आउने बताउनु भयो ।
जिल्लाका सबै पालिकामा संगठन बिस्तार गर्दै सस्थाको प्रथम अधिबेशन छिट्टै गरिने अध्यक्ष पराजुलीको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस