मध्यविन्दु । मध्यबिन्दु नगरपालिका वडा नम्बर २ मा कुमारवर्ती माध्यमिक बिधालयमा आत्म सुरक्षा तालिम सिकाउदै आज अन्तर्राष्ट्रिय बाल दिवस नोभेम्बर २० को अवसरमा कार्यक्रम सम्पन्न गरेका छन् ।
मध्यबिन्दु नगरपालिकासगको समन्वयमा जागृती बाल तथा युवा सरोकार नेपालले क्यान्नलनसगको साझेदारीमा संचालित किशोरी सशक्तीकरण कार्यक्रमका साथी शिक्षकहरुले सो तालिम सन्चालन गरेका सस्थाका कार्यक्रम अधिकृत राधा बोटेले बताउनु भयो ।
मध्यबिन्दु नगरपालिकाको १५ वडाबाट २–२ जना किशोरीहरुलाई साथी शिक्षकको रूपमा छनौट गरि विभिन्न तालीमहरु प्रदान गरि उनिहरुको मार्फतबाट समुदाय र बिधालयमा यस्ता तालिमहरु गर्दै आईरहेका छन् ।
आज मध्यविन्दु नगरपालिका वडा नं २ अन्तर्गत रहेको श्री कुमारवर्ती माध्यमिक विद्यालय, कोल्हुवामा कक्षा ११ मा अध्ययनरत १६ जना किशोरीहरुलाई आत्म सुरक्षा सम्बन्धि तालिम प्रदान गरिएको छ ।
किशोरीहरु र बालिकाहरुमा अझै पनि विभिन्न हिंसा, शोषण र दुर्व्यवहर भैरहने र सो समस्या समाधानको लागि पनि स्वयम्किशोरीहरुलाई यसको बारेमा तालिम दिन लागीयको किशोरी अभियन्ता अनिसा पौडेलले बताउनुभयो ।
कार्यक्रममा आज किशोरीहरुलाई हिंसा, शोषण, अधिकार र यदि कसैले हिंसा गरिहाल्न खोजेमा कसरी सुरक्षित रहने र प्रतिकार गर्ने भन्ने बारेमा शारीरिक अभ्यासहरु समेत गरिएको थियो ।
कार्यक्रममा बिधालयमा अध्ययनरत किशोरीहरु, विद्यालयका बालक्लव सम्पर्क शिक्षक जनक के .सि सहित अन्य शिक्षकहरुको उपस्थिति रहेको थियो ।