कावासोतीमा माटो परिक्षण शिविर

कावासोतीमा माटो परिक्षण शिविर

कावासोती ।  नवलपुरको कावासोती नगरपालिकाले नगरपालिले माटो परिक्षण शिविर सञ्चालन गरेको छ ।
आज कावासोती नगरपालिकामा माटो परिक्षण शिविरको सुरुआत गरिएको हो ।
पालिकाको १७ वटै वडाका किसानहरुको निशुल्क माटो परिक्षण गरिने छ । शिविर अन्तरगत सहभागि किसानहरुलाई अभिमुखीकरण समेत गरिएको कावासोती कृषि शाखा प्रमुख शिव नारायण कुमालले जानकारी दिनुभयो । आज ४० जना किसानको माटो परिक्षण गरिएको कृषि शाखा प्रमुख कुमालले जानकारी दिनुभयो ।
माटो तथा मल परिक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोगमा सुरु भएको माटो परिक्षण शिविर भोली र पर्सी अझै दुईदिनसम्म चल्ने कुमालले बताउनुभएको छ । उहाँले पालिकाभित्रका सबै किसानलाई अवसरको फाइदा लिनका लागि अनुरोध गर्नुभएको छ । किसानहरुलाई माटो परिक्षण गराएर माटोको उपचार गर्न उहाँले अनुरोध गर्नुभएको छ ।
लामो समयसम्म माटो परीक्षण नगर्ने र उउटै प्रकृतिका खेती गर्ने र विषादीको प्रयोग अत्याधिक हुँदा माटोको उर्वरा शक्ति विग्रने र उत्पादन घटने भएकाले माटो परिक्षण पछि माटोमा देखिएको समस्या समाधान गर्न माटोको उपचार गरिने भएकाले माटो परिक्षण गर्न जरुरी रहेको कुमालको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस