कावासोतीमा महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा सुरु

कावासोतीमा महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा सुरु

नवलपुर ।  सामाजिक विकास कार्यालय नवलपुरले कावासोतीमा लोकसेवाका लागि महिलाहरुलाई निःशुल्क तयारी कक्षा सुरु गरेको छ ।
मंगलबार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले लोकसेवाका लागि निःशुल्क तयारी कक्षाको उद्घाटन गर्नुभएको हो ।   
जिल्लाका आठ वटै पालिकाबाट ४० जना महिला कक्षामा सहभागी भएका छन् । क्याम्पस र उच्च माध्यमिक तहमा अध्ययन गरिरहेका महिला तयारी कक्षामा सहभागी भएका छन् ।
प्राविधिकतर्फको प्रशासन सहायक (चौथो) तहको परीक्षाका लागि तयारी कक्षा सञ्चालन गरिएको र तीन सिफ्ट गरी प्रत्येक दिन चार घण्टाका दरले तयारी कक्षा सञ्चालन गरिने सामाजिक विकास कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेलले बताउनुभयो । महिलालाई निजामती सेवाप्रति आकर्षित गर्न साथै उच्च शिक्षा र रोजगारीका लागि विदेशिनेक्रम बढेपछि जिल्लाको शैक्षिक संस्था, सार्वजनिक सेवा र निजी क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव नहोस् भन्ने उद्देश्यले २० दिनका लागि तयारी कक्षा सञ्चालन गरिएको कार्यालयका प्रमुख कृष्ण पौडेलको भनाई छ ।
उद्घाटनपछि सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले लोकसेवा पास गर्नु निकै गाह्रो हुन्छ भन्ने हाउगुजी समाजमा रहेकोले , लोकसेवाको परीक्षा दिन अलिकति डेडिकेडेड भएर लाग्ने हो भने सहजै रुपमा पास गर्न सकिने अनुभव साट्नु भएको थियो । उहाँले लोकसेवामा एक सिट मात्रै खुसेपनि त्यो सिट मेरै लागि खुलेको हो भन्ने सोचेर गहन अध्ययन गरेर परीक्षा दिने बानीको विकास गर्न सहभागिलाई अनुरोध गर्नुभयो । उहााले सहभागिलाई लोकसेवा पास गर्नु र जागिर खानु मात्रै नभई असल राष्टसेवक कसरी बन्ने भन्ने बारेमा समेत सिकाई प्रदान गर्न आयोजक कार्यालयलाई अनुरोध गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै कावासोती नगरपालिका प्रशासकीय अधिकृत लीलाराज पौडेलले कक्षामा सहभागिहरुलाई लोकसेवाको कोर्षलाई सबैभन्दा पहिला कन्ठस्त पार्नु सुझाव दिनुभयो । त्यसो गर्न सकेमा परीक्षाको तयारीका लागि सहज हुने उहाँले बतउनुभयो । उहाँले लोकसेवा भनेको निष्पक्ष ढंगले काम गर्ने निकाय भएको हुँदा कुनै पनि भनसुनले काम गर्न नसक्नेृ हुँदा मेहेनत गरेर पढ्न र परीक्षामा सबैभन्दा राम्रो अंक ल्याउन सक्नेगरि अध्ययन गर्न सहभागिलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी आदर्श डिग्री कलेजका प्रिन्सिपल बाबुराम रानाले लोकसेवा तयारी कक्षा महिलाहरुका लागि सुनौलो अवसर रेहकोमा जोड दिनुभयो । कक्षामा सहभागि भएका महिलाहरुले भविश्यमा लोकसेवामा नाम निकालेर राष्टसेवक कर्मचारी बनुन भन्ने शुभकामना व्यक्त गर्दै उहाँले यसमा सहभागि हुने महिलाहरु समग्र समाजकै लागि सम्वाहकका रुपमा रहेको बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस