अनेमसङ्घ कावासोतीको चोथौँ सम्मेलन मंसिर १५ गते हुने

अनेमसङ्घ कावासोतीको चोथौँ सम्मेलन मंसिर १५ गते हुने

कावासोती ।  अखिल नेपाल महिला सघ कावासोती नगर कमिटीको चोथौँ सम्मेलन यही मंसिर १५ गते हुने भएको छ ।
आज कावासोतीमा बसेको नगर कमिटीको बैठकले मंसिर १५ गते नगर सम्मेलन गर्ने निर्णय गरेको अखिल नेपाल महिला सङ्घ नगर अध्यक्ष धना भन्तनाले जानकारी दिनुभयो ।
कावासोती तीनमा रहेको सिद्धार्थ आवासीय माविको सभाहलमा नगर सम्मेलन गर्ने निर्णय गरिएको हो ।्
यस्तै बैठकले मंसिर ५ र ६ गते वडाको बैठक बसेर प्रतिनिधि छनौट गरेर पठाउने निर्णय गरेको छ ।
एउटा वडाबाट १० जना प्रतिनिधि छनौट गरेर पठाउने निर्णय गरिएको भन्तनाले जानकारी दिनुभयो ।
नगर अध्यक्ष धना भन्तनाको अध्यक्षता तथा अनेमसङ्घ केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सीता पंगेनीको प्रमुख आतिथ्यमा बसेको बैठकमा अनेमसङ्घ केन्द्रिय सदस्य सीता खड्का , नेकपा एमाले जिल्ला कमिटी सचिव भिमलाल कँडेल , अनेमसङ्घ जिल्ला अध्यक्ष कोपिला पौडेल , जिल्ला कोषाध्यक्ष कलादेवी दाहाल लगायतको आतिथ्यतामा बैठक बसेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस