मध्यविन्दुमा पराल लोड गर्ने क्रममा ट्याक्टरबाट खस्दा एक जना वृद्धको मृत्यु

मध्यविन्दुमा पराल लोड गर्ने क्रममा ट्याक्टरबाट खस्दा एक जना वृद्धको मृत्यु

|an Indian or Asian person laying dead with outstretched hand during COVID-19 or corona virus outbreak

नवलपुर । नवलपुरको मध्यविन्दुमा खेतमा पराल लोड गर्ने क्रममा ट्याक्टरबाट खस्दा एक जना वृद्धको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार हिजो साँझ सात बजेतिरको समयमा मध्यबबिन्दु ३ इटौरा बस्ने ६० वर्षका देवीराम महतो घर नजिकै रहेको खेतमा पराल लोड गर्ने क्रममा लु ४ त ८९४३ नं को ट्याक्टरबाट खसेर घाइते भएका थिए ।
उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा ल्याएको थियो । उपचारको क्रममा उहाँको गएराति १० बजे मृत्यु भएको हो । परिवारले उक्त घटना बारे शनिबार आज  ११ः०० बजे मात्रै जानकारी गराएकोले प्रहरी टोलिले घटनाका बारेमा अनुसन्धान कार्य सुरु गरेको जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस